आन्दोलन उक्साहट र हिंसा: जिम्मेवारी कसको?रूस २०११: पुतिनको चुनावी धाँधली र असंतुष्ट जनताको आक्रोशले आन्दोलनलाई जन्म दियो। सोसल मिडिया र विपक्षी दलहरूको उक्साहटले हजारौँ ज्यान गयो।नेपाल २०२५: उक्साहट र आवेगको खतराबाट सचेत रहौं, हामी रुसको बाटोमा नजाऊं।
यो पुस्ता सत्यभन्दा छिटो ट्रेन्ड स्वीकार गर्दै छ
विचार होइन, भाइरल स्वीकार गर्दै छ
पात्र होइन, प्रभाव देखेर पछ्याउँछ ।
#GenG#Nepal#DigitalConsciousness
नेपाली समाजमा 'Gen G' पुस्ता सहानुभूतिपूर्ण, सचेत र सामाजिक न्यायप्रति सजग देखिन्छ, तर डिजिटल युगको जालमा उनीहरू स्वयं दया, ट्रेन्ड र ‘कन्टेन्ट’ को उपभोग्य वस्तु बन्दैछन् ।
सहानुभूति पनि 'कन्टेन्ट' भयो
दया बेचिन्छ, समर्थन ट्रेन्ड हुन्छ
प्रश्न उठाउँदा ‘नकारात्मक’ भन्छन्
कृषि प्रधान देशमा नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था किसान संघको अघिवेशन हुदैं, यसले भुई वर्गको किसानको समस्या बोकेको नेतृत्व पाउला कि नपाउला? किसान संघ नेता उत्पादन संस्था होइन किसानतो समस्या निवाकरण गर्ने संश्था बनोस जहॅा सम्पूर्ण किसानको प्रतिनिधित्व होस् ।
जय नेपाल!
वाक स्वतन्त्रता प्रजातन्त्रको मेरुदण्ड हो, यसलाई छाडा तन्त्रको रूपमा प्रयोग गर्नु भनेको त्यसै प्रजातन्त्रको मूल मर्ममाथि प्रहार गर्नु हो। त्यसैले:"स्वतन्त्रताको सही अभ्यास नै सभ्य समाजको पहिचान हो।"
४३औँ बिपी स्मृति दिवसको अवसरमा, महान् जननेता विश्वेश्वर प्रसाद कोइरालाको प्रजातान्त्रिक आदर्श, राष्ट्रिय एकता र सामाजिक न्यायप्रतिको योगदानलाई स्मरण गर्दै, सबैमा लोकतान्त्रिक मूल्य र नैतिकताको जागरण होस् भन्ने शुभकामना व्यक्त गर्दछु।
यही पुस्ता हो जसले आज जनतालाई सर्वोपरी बनायो, जसले तपाईलाई आज अन्यायको विर्द्ध आवाज दियो , जसले तपाई हाम्रो आट र प्रतिप्रश्नको गर्भिलो खम्बा बन्यो ,यही पुस्ता हो अहिले आलोचित बन्यो , विकल्प खोज्यो , अवको पुस्त हो जसले मार्गनिर्देशन दिन्छ परिवर्तन सम्भव छ ।
जय नेपाल