जो जससँग सम्बन्धित छ
विषय: खर्च विवरण सार्वजनिक गर्ने तमासाका सम्बन्धमा
उम्मेदवारज्यूहरूले गरेको खर्चको इमान्दार विवरण थाहा पाउँदा हर्षानुभुति भएको छ। सुशासन र पारदर्शिताको लागि यसले निकै ठूलो योगदान गर्ने हामी नागरिकले अपेक्षा गरेका छौं। सज्जन उम्मेदवारज्यूहरूको अनावश्यक विषयमा समेत निकै खर्च भएकोसमेत देख्दा चिन्ता व्यक्त गर्दछौं।
यसैसाथ, श्री उम्मेदवारज्यूहरूको जुनाफमा खाता-बिलभर्पाइ-खर्च आम्दानी 'कतै उल्लेख नगर्ने गरि' फोसामा आएका सरसहयोग, दानदातव्य, गाडी-चीलगाडी आदि इत्यादि पनि सार्वजनिक गरिदिनुभए लोकलाज रहने थियो। नत्र सामाजिक संजालको भित्तोमा न लेखापरिक्षण न त कुनै मिल्दो हिसाबको विवरण टाँसेर फुटेज किन खानुहुन्छ?
अन्त्यमा, तपाईंको योगदानले देश बन्छ भन्ने असिम कामना गर्दछौं।
भवदीय
गणित फेल विद्यार्थी
"म कहिले यो दलमा हुन्छु त कहिले ऊ दलमा! जसरी हुन्छ म चैँ हुनै पर्छ। म देश बनाउन राजनीतिमा निस्वार्थ लागेकै हुँ। मैले देश बनाउन पाउनै पर्छ। यो मेरो हक हो।"
बाबुरामजीपछि देश बनाउने हुटहुटी बल्ल रामकुमारीजीमा देखियो। वहाँहरूले देश बनाउन नै अवतार लिनु भएको हो भन्नेमा द्विविधा रहेन।🙏
मनहराको सुकुम्बासी बस्तीमा उत्तेजक दुर्गा प्रसाईको उत्तेजक भाषण
तपाईहरुकोमा भत्काउन आयो भने तपाईहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो ।
#nepalpress
बिचरा , be strong , more power to u भन्ने मात्रै हो ,
यो भ्रम हटेको दिन आफैँ STRONG enough हुनेछौ !
सहानुभूतिमा बाच्नेँ बानी परेकोलाई ब्याक्तिगत समस्या छरपस्ट पार्ने "आटँ" पनि गजबकै छ !!
keepgoing !!