सुनसरी घटनालगायत विषयमा छलफल गर्न सभापति रवि लामिछानेज्यूले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गर्नु भएको छ।
छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा हुने छ। संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।
संघीयतालाई कांग्रेस, एमाले र नेकपाबाट नै खतरा छ । प्रदेश संरचना बनेपछि प्रदेश सरकार गठन-विघटन र सञ्चालनका क्रममा हुँदै आएका सत्ता-स्वार्थ केन्द्रित सम्पूर्ण हर्कतहरु संघीयताको मर्म विपरीत छ, विरुद्धमा छ ।
कांग्रेस विभाजनमा गगनको चरम महत्त्वकाङ्क्षा र देउवाको अतृप्त सत्तामोह मात्र कारक होइन ।
जेनजी विद्रोहसँगै 'ट्र्याक आउट' नेपाली राजनीति सम्हाल्नु आजको मुख्य आवश्यकता हो ।
इमानदार प्रयत्नमा को बेइमान ?
कसले कसको स्वार्थहरुको भारी बोक्यो ?
नेपाली जनताको चाहनामा कसले लात मार्यो ?
भविष्यमा समीक्षा हुने नै छ । र, तमाम प्रश्नहरुको जवाफ मिल्ने छ । अहिले धेरै भन्नू छैन ।
यत्ति भनौं,
नेपाली राजनीतिक इतिहासमा हाम्रो इमानदार प्रयत्न दर्ज भएको छ ।
साफ U-17 च्याम्पियनसिपको सुरुवाती खेलमा नेपालले श्रीलङ्कालाई २-० गोल अन्तरले पराजित गर्यो । पीडाको यो चरणमा फुटबल मैदान उत्रेका हाम्रा जेनजीले खुशी दिलाएका छन । धेरै धेरै बधाई !
न्यायालयलाई सबैभन्दा भ्रष्ट संरचनाको रुपमा अरोप लाग्ने गरेको छ । अनि, सोही भ्रष्ट संरचनाको नेतृत्वकर्तालाई निष्कलङ्क छविको रुपमा उभ्याउने ?
भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलनको जगमा रगतको खोलो बगाएर प्राप्त अल्पकालीन अवसर भ्रष्ट संरचनाको नाइके बोकेर सिध्याउनु राम्रो होइन ।
सरकारले बैधता गुदाउँदा राज्यले नियन्त्रण गुमाइसक्यो । परिस्थिति 'बंगलादेश उन्मुख' भयो । आन्दोलनकारी सरकारी कार्यालय र नेताको घर केन्द्रित हुन थालेका छन । केपी ओली राजीनामा दिन तयार छैनन्, कांग्रेस एमालेसँगै सती जान तयार हो ? कि, असामान्य परिस्थिति सम्हाल्ने ?
प्रधानमन्त्री, मन्त्री वा सुरक्षानिकायका केही व्यक्तिको राजीनामा, सहिद घोषणा वा केही लाख रुपैयाँ राहतले बलिदानको मूल्य चुक्ता हुन सक्दैन, अवमूल्यन मात्र हुन्छ ।
नेपालमा GEN Z पुस्ताले थालेको आन्दोलनले 'नेपाली राजनीतिक चरित्र' नै बदलिदिन सक्छ ! सामाजिक सन्जालहरुमा मात्र देखिएको यो पुस्ताको प्रतिरोध ८ सेप्टेम्बर २०२५ बाट भौतिक रुपमै देखिने छ ।
राजनीतिलाई 'फोहोरी खेल' भन्दै घृणा गर्ने मानिएको यो पुस्ता नै राजनीति सफा गर्न मैदान उत्रेको छ ।
केपी ओलीको वर्ग विश्लेषण र आधार-
- १.५ लाखभन्दा कम कमाउने - निम्न वर्ग
- ५ लाखसम्म कमाउने - मध्यम वर्ग
- ५ लाखभन्दा धेरै कमाउने - उच्च वर्ग
हास्नु कि रुनु ?
पहाडी क्षेत्रबाट कृषि उपजहरू आफै संकलन गर्दै प्रशोधन, प्याकेजिङ र बजारीकरणमा पैँचोले गरेको अभ्यास र हासिल गरेको अनुभव अनि सफलता अनुसरणयोग्य छ ।
पैँचो पसल प्रा. लि. का म्यानेजिङ डाइरेक्टर ध्रुव न्यौपाने र बोर्ड मेम्बर राजन पौडेलसँग अनुभव सुन्ने अवसर मिल्यो ।
प्रत्यक्ष संलग्नतामा सहकारीको अर्बौ रकम अपचलन गरेका धनराज गुरुङ र एमाले-कांग्रेस नेताले उन्मुक्ति पाउने, कहिँकतै संलग्नता नरहेका रबि लामिछाने जेल बस्नु पर्ने ?
यस कारण रबि लामिछनेमाथि राजनीतिक प्रतिशोध भयो । धनराजलाई उन्मुक्ति दिएर सरकारले राजनीतिक प्रतिशोध थप पुष्टि गरेको छ ।
प्रधानमन्त्री नै बिचौलिया-
राज्यका सम्पूर्ण संरचनाहरुलाई कोल्याप्स गरेर स्वार्थ समूहलाई देश सुम्पने कुकृत्यको नेतृत्व केपी ओलीले नै गर्दै आएका छन । महाकाली बेच्ने ओली कलेजको कोटासम्म आइपुगेका छन् । ओली अपराध अन्त्य गर्नु पर्छ ।
राज्यबाट वर्षौं रोजगारी पाएर जीवन धानेर पनि चित्त नबुझेर बाँकी अवसर पनि सबै आफैले पाउनुपर्छ भन्दै गनगन गर्ने एउटा अषन्तोकी डाक्टर पलायन हुँदा किन यस्तो रोइलो ?
ती अषन्तोकी बराबर वा भन्दा राम्रो क्षमता बनाएर पनि देशमा रोजगारी नपाएर बिदेशीएका हजारौं युवाको चिन्ता कसैलाई थियो, छ ?