#मुक्तक
💞💞💞
जिन्दगी रुपि गाडीको, गेयर बदली रहन पर्छ
यात्रामा कति ठेस लागिरहन्छ, यो सहन पर्छ
बाटो सिधा हुँदैन, हुनसक्छनि बाँङ्गो टिङ्गो
समयचक्र अनुसार, बहने हावासंगै बहन पर्छ
💞💞💞
#अविरल#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
स्वीकार गर प्रिय,
यो अनुभूति हो
र, बगाऊ मलाई,
आफूसँगै,त्यो
अनुभुतीमा
मायाको उर्लदो भेलमा
पुर्याऊ सङ्गमको
गहिरो सागरमा कि,
अभिशप्त जिन्दगीले
प्रेमको आभास गरोस्
म पनि प्रेममा छु
अझै प्रेमको पीडा
रोदनहरु कहाँ भुल्न
सकिन्छ ती मिठो
अनुभुती र अनुभव ।
#मुक्तक
💞💞💞
त्यस्तै छ मनमा दुःखको भारी,सधैं लुकाउँछु
ईच्क्षा आकांक्षा नचाहेर मारी, सधैं लुकाउँछु
मेरो के गल्ती भन, मैले के चैं बिगारे भगवान
अघाउँछुहै खाएर सपना तारी, सधैं लुकाउँछु
💞💞💞
#अविरल#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
दुनियाँ र वास्तविकता
अभावै अभाव ग्रस्त एक थरी छ,
चाहे त तिनलाई पनि उठाउने कडि छ,
तर कसले गर्छ र त्यस्तो झन्झट, बित्थैमा,
जब सम्पन्नलाई चाकडी गर्ने र गुथाउने पगरी छ!
शुभ रात्रि 💙🌸
नागरिकतामा खड्गप्रसाद हुँदाहुँदै "केपि" भनेर सामाजिक सजाल चलाउनु पनि फेक नामले चलाउनु हैन र?
#ट्रोल_विधेयक अनुसार त्यो फेक नामधारीमाथी कानुन लाग्छ कि लाग्दैन?
#गजल
केही फरक पर्दैन, झरीमा रुझ्दै भेट्न आउँछु
नदेखेको धेरै भयो, नयनको प्यास मेट्न आउँछु
मनमा धेरै हलचल भयो, के कसो गर्दै छौ तिमी
ज्वारभाटा शान्त होला, सुन्दरता लेख्न आउँछु
आज सपनीमा देखेथें तिमी,ईशारा गरेर बोलायौ
अब केही पल सानू, मायाको रोटी सेक्न आउँछु
#अविरल#शुभविहानी🙏