शुन्य एक र एक शुन्यधेरै फरक छ। अगाडि हुदैमा महत्त्व त बढ्दैन रहेछ जबकी पछाडि बसेर पो कसैको महत्त्व बढाउनसकिदोरहेछ। एक्लै अथवा अघि लागेर कुनै काम बनेन भने कसैलाई त्यही काममा साथदिएर हेरम न धेरै राम्रो पो हुन्छ कि ! यो कुरा ७०कटेसी निसत्ता मोहमै रमाईरहेका नेताहरुले बुझ्नजरुरी छ।
हवाईजहाज चढ्दै, देशलाई छोड्दै , भविष्य खोज्दै पुगे धैरै विदेश। देशले कर लियो तर भविष्यको भर दिन सकेन । देश चलाए वृद्द्ले अनि देश पनि त वृद्द नै हुने भयो नि।
न दिनलाई दम्भ छ उज्यालो हुनुमा न रातलाई दुख मनाउ छ अँध्यारो हुनुमा। रात लाई पनि पुर्णिामा को रात मा उज्जालो हुने हक छ भलै फिक्का किन नहोस। र दिन को पनि उज्यलो ओझेल पर्ने सम्भावना छ , यदि बादलले सुर्यको प्रकाश छेकिदिने साहस झुटाउछ भने ।
नेपालमा कसैले जनताको लागि राजनिती नै गरेन्न ,कसैले सत्ता जोगाउन राजनीति गरे भने कसैले सत्ता उमकाउन राजनिती गरे। सब ढोगि हुन् ,सडक सत्ता जा भएपनी । #जनता
तपाईँहरू नहुनु पर्ने सबै ठाउँमा हुनुहुन्छ: अदालत, कर्मचारीतन्त्र, प्रहरी, शिक्षा-स्वास्थ्य, उद्योग-व्यापार सबैमा। परिणाम, आज सडकमा हुनुहुन्छ। जुन दिन राजनीति गर्न नपर्ने ठाउँमा राजनीति बन्द गर्नुहुन्छ, सबै संस्था ठिक ठाउँमा आउनेछ। अन्यथा अरुलाई खाने बाघले तपाईँहरूलाई पनि खानेछ।
@JSPrabhakar पार्टीको फुटले सुर्यले नि सुख पाएन च गाथे, त्यै भएर आजकल अलि जाडो बडेको पो होकि ! खैर सुर्य चिन्ह जस्को भए पनि हामी जनतालाई विस्वासघात नहोस । #जनता