उनी छुटेपछि जीवन पहिले जस्तो रहेन।
धेरै मानिसहरू भेटिए, धेरै सम्बन्धहरू बने, तर त्यो स्थान कसैले लिन सकेन।
रातको आकाशमा चम्किरहेका ताराहरू हेर्दा मलाई सधैँ उनको सम्झना आउँछ।
लाग्छ, मेरो त्यो छुटेको तारा कतै टाढा बसेर अझै चम्किरहेको छ।
तर, यही अँध्यारो रातले एउटा सानो सत्य पनि सिकाउँछ—हरेक हराएको बाटो अन्त्य होइन। कहिलेकाहीँ बाटो नभेटिनु भनेको नयाँ बाटोको सुरुवात हुन सक्छ। अन्धकारपछि उज्यालो आउँछ भनेझैं, अलमलपछि स्पष्टता पनि आउँछ।
“बाटो नभेटिएपछि” मान्छेले सबैभन्दा पहिले आफ्नो आत्मविश्वास गुमाउँछ। उसले आफैंलाई प्रश्न गर्न थाल्छ—“के म सक्षम छैन?” “के म योग्य छैन?” यी प्रश्नहरूले बिस्तारै मनलाई खोक्रो बनाउँदै लैजान्छन्। म पनि त्यही अवस्थाबाट गुज्रिरहेको छु। कहिलेकाहीँ लाग्छ, म अ��ि बढ्न सक्दिन।
जीवन छ,
तर सासमा मिठास छैन,
सपना छन्,
तर विश्वास ��ैन।
खल्तीभरि सिक्का छन्,
तर हृदय खाली,
मुस्कान छ अनुहारमा,
आँखामा खाली।
माया खोज्दा अभाव भेटिन्छ,
साथ खोज्दा तिरस्कार भेटिन्छ।
सबैसँग कुरा हुन्छ,
तर सुनुवाइ छैन,
नजिक मान्छे छन्,
तर जवानी छैन।
सपना मर्छन् यहाँ चाहनाभित्र
मङ्सिर आयो सम्झनाक��� रङहरू सँगै,
झरना बनेर आए तिम्रा सङ्गहरू सँगै।
हिउँद���ो हावा चल्दा तिम्रो गन्ध आउँछ,
पात झरेझैँ बिछोडका चङ्गाहरू सँगै।
माया त अझै जीवित छ मुटुको कुनामा,
तिमी टाढा भए पनि तस्बिरहरू सँगै।