बाहिर '२ सन्तान ईश्वरको बरदान' लेखेर भित्र 'एउटै परिवारका ३ जना भर्ना भएमा १ जनालाई फ्री मा पढाईन्छ' भनेर लेख्ने स्कुलहरुले उत्पादन गरेका विद्यार्थी हामीलाई वर्तमान नेपाली राजनीति बुझ्न पहाड काटेर उपत्यकालाई आजाद गर्न जत्ति कठिन पनि नहोला।
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
८२ वर्षका वृद्ध राष्ट्रपति रोष्ट्रममा बसेर देशको नीति सुनाउँछन्, तर ३६ वर्षका युवा प्रधानमन्त्री भने झ्याउ मानेर निस्किन्छन्। शारीरिक र मानसिक रूपमा थकित हुन उमेरले छेक्दैन रहेछ।
सुधार केन्द्रमा बस्नुपर्नेहरू सिंहदरबारमा बसेका छन्।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउट��� सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई ���।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
शासकले बेला-बेलामा फोटो सार्वजनिक गर्छ, दासहरू रमाउँछन्।शासकले बेला-बेलामा भोटो जात्रा देखाउँछ, दासहर��� खुसी हुन्छन्।शासकले बेला-बेलामा टीका लगाइदिन्छ, दासहरू भाग्यमानी हुन्छन्।शासकले बेला-बेलामा बक्सिस र तक्माहरू बाँड्छ, दासहरू सौभाग्यशाली महसुस गर्छन्। किनकि यो दासहरूको देश हो।
बलात्कार भएको कुरा एक वर्षसम्म किन भनिन भनेर प्रश्न सोध्ने भेडाहरू हो, तेरो बाउले आमालाई कुटेको कुरा पनि दुई–चार वर्ष त लुकाएरै राख्छिन्। बोल्ने आँट आएको दिन बल्ल माइत गएर भन्छिन्। यति कुरा बुझ।