मा.गृहमन्त्री @lekhak_ramesh ले नागरिकता प्राप्तीमा देखा परेका समस्यालाई समाधान गर्दै सहजता ल्याउने गरी उपाय पहिचान गर्न गठित समितिको प्रतिबेदन बुझ्दै छिट्टै क���र्यबिधि निर्माण गरी ��ार्यान्वयनमा लैजाने गरी गृहसचिब @gokarnamani ज्युलाई निर्देशन । @moha_nepal @PM_nepal_ @BIRGHA
पी एल सिह दाईसंग सम्बन्ध र सम्झनाको डोरी निक्कै लामो छ । किशुनजी सहित यहा राखिएको तस्वीर त धेरै पछी मीन बज्राचार्यले खिचेका हुन । पी एल दाई संग पहिलो परिचय हुदा देशमा पंचायत व्यवस्था थियो । उनी , त्यस बखत ‘प्रतिबन्धित’ नेपाली कांग्रेसका बिज्ञप्ति र पर्चा बोकेर हाम्रो छापाको कार्यालयमा आउदा पहिलो भेट भयो।
पहिलो भेटमै स्थापित सम्बन्धको डोरी , समयक्रममा न चुडियो , न कमजोर भयो । मजाकिया स्वभाव का देखिने पी एल दाई , हास्दा हास्दै ज्यादै सिरियस र गहिरो कुरा गर्ने क्षमता राख्थे ।
बाहिरबाट हेर्दा हलुका झै देखिने पी एल सिह सिधान्तका मामिलामा - आफ्ना पितात��ल्य नेता लौहपुरुष गणेशमानजी जस्तै , चट्टान झै कठोर र अटल थिए । छलकपटरहित इमान उनको परिचय थियो ।
बाहिरबाट हेर्दा सधै मुस्कुराइ रहने पी एल दाइ , मनभित्र पिडा र विषाद लुकाएर पनि बांचे । पीएल सिह, पदभन्दा ठूला थिए । मान र अपमानभन्दा अग्ला थिए । ��ीत र हार दुबै सहजै पचाउने औकात राख्थे ।
आमाका एक्ला सन्तान पी एल दाईको अन्तिम संस्कारमा कागेश्वरि घाटमा मैले माननीय शंकर पाण्डेलाई पनि भेटे । नेपाली कांग्रेसका सदस्य शंकर पाण्डे हाल सांसद पदमा छैनन ।
उनी २०३७ साल देखी खुट्टामा जुत्ता चप्पल केही नलगाई खाली खुट्टा हिडछन ।
तपाई यतिका बर्ष देखी किन खाली खुट्टा किन हिडनु हुन्छ शंकरजी ?
किनभने मेरो प्रतिज्ञा छ – जब सम्म देशमा प्रजातन्��्र आउदैन तबसम्म जुत्ता चप्पल लगाउन्न । खाली खु्ट्टा हिडछु ।
के भन्या त्यस्तो ! देशमा प्रजातन्त्र अझै आएको छैन र ?
जनताले महसुस गर्ने प्रजातन्त्र आएको भए , म किन नाङै खुट्टा हिडथे र !
तपाई तिन तिन पटक सांसद भएर पनि प्रजातन्त्र आएन भन्नु हुन्छ ?
म सांसद भए भन्दैमा सत्य बदलिन्छ र ? आएको भए म खाली खुट्टा किन हिडथे र । संसद भवन पनि म जुत्ता चप्पल नलगाई , खाली खु्ट्टा गए । अनि अर्को कुरा मैले २०३७ साल देखी खाना पनि एक छाक मात्र खान्छु ।
किन ?
धेरै बाच्न लाई । मेरो ११३ बर्ष बाच्ने योजना छ । म अहिले जम्मा ७२ भए । म नेपालमा प्रजातन्त्र नहेरी मर्दिन । धेरै मान्छे मभन्दा अघि बिदा हुनेछन । प्रजातन्त्र ल्याउन लागी म काम पनि गर्दैछु । खाली बसेको छैन ।
पी एल सिह कस्ता मान्छे हुनुहुन्थ्यो ?
वहा महात्मा हुनु हुन्थ्यो । महात्मा मेयर । हामी सबै एक महात्माको सम्मानमा वहाको ��न्तिम दर्शनका लागी यहा जम्मा भएका छौ । पी एल सिह - एक यस्तो महात्मा , जो राजनितिमा पनि थिए तर आफ्नो शर्तमा मात्र !
माननीय गृहमन्त्रीज्यूको उपस्थितिमा बढ्दो आत्महत्यालाई न्यूनीकरण गर्ने विषयमा अपनाउने रणनीतिको पहिचान र सोको कार्यान्वयन सम्बन्धमा गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय��ीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।