माया हुनेहरूले इच्छा मार्छन् तर माया मार्दैनन् ।
भविष्यको चिन्ता हुनेहरूले मेहनत गर्छन् तर भौतारिन्छन् ।
भरोसा हुनेहरूले साथ दिन्छन् तर हात छोड्दैनन् ।
तर अवसरवादीहरूले केही खोज्दैनन् खालि अबसर मात्र खोज्छन्।
कहिल्यै बोल्न नसकेका ती शब्दहरू
मुटुको कुनामा थन्किएर बस्छन्,
ओठसम्म आइपुगेर पनि
फेरि फर्किन्छन् चुपचाप।
समयले बगाउँदै लैजाँदा
अर्थहरू पनि हराउँदै जान्छन्,
तर यादको गहिराइमा
ती शब��दहरू अझै बाँचिरहेका छन्।
एउटा यस्तो पल अक्सर हुनुपर्छ ।
जहा आमा मुस्काईरहेको खबर हुनुपर्छ ।
जन्म लिएकाहरुः मृत्यु निश्चीत छ !
तर जन्म दिनेहरु भने अमर हुनुपर्छ ।
संपूर्ण आमाहरुमा माता तिर्थ औशीको शुभकामना 🙏🙏🙏