@tulashah किन ३ दिन मात्र ?
त्यसपछि चै शान्ति र सद्भाव नचाहिने हो र ?
शान्ति र सद्भाव हमेशा समाज को आवश्यकता हो सबैले सुझबुझपूर्ण ढंगले आफ्नो काम गर्नु अनिवार्य छ।🙏
@sanpokh@Bishnusapkota वालेन सरकारको वर्तमान कार्यशैली, कांग्रेस एमाले, माओवादीको विगतको त्रुटिपूर्ण राज्य संचालन र अन्य राजनितिक दल तथा नेताहरू देख्दा कुन दल चै अलि जिम्मेवार जस्तो लाग्छ हजुरलाइ ?
कार्यपालिका-न्यायपालिका क्षेत्राधिकारबारे गम्भीर बहस वाञ्छनीय छ! कटु द्वन्द्वबेगर टुङ्गिनपर्छ! सीमा वारपार व्यापारमा के-कसो गर्ने कार्यपालिकाको जिम्मा हुनपर्छ। सरकारको क्षेत्राधिकारमा ताइय न तुइयसँग अदालत छिरेर/ छिर्दा वाहवाही गरेर समस्या गहिरिनेमात्र हो !!
सार्वजनिक बहसमा जावोस भनेर विचार संजालमा छोड्नु र टिप्पणी (सभ्य भाषामा) विकल्प वन्द गर्नुपनि वैचारिक तानाशाह प्रवृति हो भनेर मैले बुझें भने म गलत हो कि सहि हो सर ?
नेपालबाहिर विश्वका अन्य देशमा data center राख्ने भनिएका ठाउँका मानिस, समुदायले विरोध गर्ने रहेछन् । यसले खपत गर्ने ऊर्जा र पानी अधिक हुनेरहेछ । ध्वनि प्रदूषण पनि गर्ने रहेछ । डेटा सेन्टरले अर्थतन्त्र राम्रो बनाउने र रोजगारीका अवसर प्रशस्त सिर्जना गर्ने पनि होइन रहेछ । नेपालमा त यसबारे ठुलो उत्सुकता देख्छु । हुन त नेपाललाई विकास चाहिएको छ । चाइनिज हवाइजहाज ल्याउँदा ‘अब नेपाल धनी हुनेभयो’भनेर मानिसहरू खुशी भएको बिर्सन सकिन्न !
काङ्रेस एमाले र पछि आएको म्याओबादिमा बानी परेका हामी।त्यै नै संसार त्यै नै राजनिति,त्यै राज्य संचालन तरिका~~मान्दै आएका।
अचानक अलि फरक पर्दा,हाम्लाइ बानी परिआएको जस्तो नहुँदा भताभुङ्ग भओ,हाम्ले जाने-भोगेको प्रणाली नै ध्वस्त भओ भनेर आत्तेको जस्तो लाग्यो।
बिग्रेको छैन। धैर्य बनम्।
@dambarkhatiwoda दसकौं देखि तपाइहरु जस्ता विस्लेशकहरुको यस्ता गनपतरे गनगन् सुन्दै पढ्दै आइयो।तर न त देस सुध्रियो नत नेता नै गतिला भए।आफुहरु वाहेक सवै अग्यानी छन भन्ने भ्रमको गह्रुँगो झोला अव त विसाऊं न प्रभु !
“बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने,
विद्यार्थी संगठन/ट्रेड युनियन चलाउनै पर्ने, फूटपाथ मिच्न पाइने,
शैक्षिक सुधार गर्न नपाइने, अफिस आवर हेरफेर गर्न नपाइने…
अनि हामी भन्छौं—सुधार किन भएन?
@kishorenepal हजुरको चाकमा अलि बढि नै जलन भएजस्तो लाग्छ। चिल्लो पिरो र प्रसोधित खाना त्याग्नुस् ।एउटा राम्रो पाइल्स विषेशग्य संग परामर्श गर्नुस।अं अनि यो ice 🧊 चाकमा नियमित दल्नुस।राहत मिल्छ।
@narendramodi धन्यवाद मोदि कि,
आशा छ अबका दिनमा भारतले नेपालमा गर्ने व्यवहारमा अन्तराष्ट्रिय कानुन,भु-परिवेस्टिथ मुलुकको अधिकार र ऐतिहासिक सन्धि सम्झौता दस्तावेज विपरित कुनैकार्य गर्न दबाब दिनेछैन। नेपालीले भारतलाइ दिइने सम्मानमा कमी नआवस्।
फेरी पनि धन्यवाद 🙏