मलाई अतीत चाहिएको छैन,न म तिनी ठाउँहरुमा जान चाहन्छु जहाँबाट तिनी यादहरु जोडिएका छन् जसलाई याद गरेर मलाई दुख मात्र हुन्छ,मलाई घृणा लाग्छ पहिलेको मसँग,पहिले त कसैको साथको लागि आफैलाई बदलिएको थिएँ ,अब मलाई त्यो अतीतको म मन पर्दैन..म अब आज बाँच्ने कोसिस गरिरहेको छु..
कहाँ छस्
कोसँग छस्
किन लेखिस् यस्तो
किन बोलिस् यस्तो
म तमाम कुरामा चासो देखाउँथे
म कराउँथे
म सम्झाउथें
म रुन्थें
म रुवाउथेँ
जब उ आफ्नो थियो
म थुप्रै हक जमाउँथे..
अब जहाँ गए नि
जोसँग भए नि
जे लेखे नि
जोसँग बोले नि
अहँ मलाई थोरै नि फरक पर्दैन
अब म उसको होइन
उ मेरो होइन..