बिचरा नेपाली युवा! हरेक कालखण्डमा बेथितिको विरोध गर्छन्, आँट गरेर सडकमा आउँछन्, तर यथास्थितिवादीले हाईज्याक गरेर उनीहरूलाई कलंकित बनाएर आफ्नै दुनो सोझ्याउँछन्।
यहीँ निराशाको समाधान खोज्न उर्लिँदा फाईदा सधै अरुले ��ुट्छन्, अनि निराशाको समाधान खोज्न विदेशिँदा हुतिहारा कहलिन्छन्। 🙏
युवा आन्दोलनको चाल पाएर रणनीति रचेर घुसपैठ गराएर जंगलीहरू र भौवानका बानहरुले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका जलाए, रेकर्डहरू मेटाए, जेलबाट आफ्ना अपराधीहरू निकाले, बैंक लुटे। दुश्मन नेताका घर, मिडिया, व्यवसाय जलाए। दोष यु��ा र बालेनतिर मोडे। सर्प नि मर्यो, लठ्ठी नि भाँच्चेन!
यो नरसंहारलाई सामान्यकरण गरेर जिम्मेवारहरूलाई उन्मुक्ति दिने पक्षमा हुनुहुन्छ भने तपाईँ पनि हत्याको मतियार हो। राणातन्त्र र राजतन्त्र भन्दा अराजक गणतन्त्र हुनु भनेको नागरिक ��न्दा बढि पार्टीका झोलेहरूको बाहुल्यता हुनुको परिणाम हो। +
सार्वजनिक यातायात वालाले आफ्नो सिन्डिकेट बचाउन राइड शेयरिंग विरुद्ध आन्दोलन गरीराछन्, यता राइड शेयरिंग वालाले जनतालाई दुख परेको बेला सहुलियत दिनुपर्ने साटो थप महँगो भाडा लिईराछन् ! गतिला त कोही छैनन् यो देशमा, मौका मिल्ने ��ित्तिकै लुट्न हाम्फालिहाल्छन् ! तैपनि देश त स्वर्गै हो !
उबेलामा हातहातमा स्मार्टफोन आउन थाल्दा साइबरक्याफे अनि फोटोस्टुडियो वाला व्यापारीहरुले स्मार्टफोन ब्यान गर्नुपर्यो भनेर आन्दोलन किन नगरेका होलान् है ? समयअनुसार प्रविधि बढ्छ, प्रतिस्पर्धा बढ्छ, तब न खुला बजार ! सिन्डिकेट कायम राखेर मनपरी गर्न पाउनुपर्छ भन्ने गणतन्त्र गजबै हो ! 🫡
राईड शेयरिङ सेवाको विरोधमा यातायात व्यवसायीको आन्दोलन रे, पोखराबाट काठमाण्डौ टुरिस्ट बसमा त्योपनि स्कर्टिङमा जानुपर्ने बाध्यता आईपर्यो । सर्वसाधारणलाई सुविधाको विषयमा किन यो सिन्डिकेट ? आफ्नो सेवा सुधार गर्न�� साटो प्रतिस्पर्धा नै गर्न नदिने कस्तो व्यवहार हो ? देश त स्वर्गै हो !
राईड शेयरिङ सेवाको विरोधमा यातायात व्यवसायीको आन्दोलन रे, पोखराबाट काठमाण्डौ टुरिस्ट बसमा त्योपनि स्कर्टिङमा जानुपर्ने बाध्यता आईपर्यो । सर्वसाधारणलाई सुविधाको विषयमा किन यो सिन्डिकेट ? आफ्नो सेवा सुधार गर्नु साटो प्रतिस्पर्धा नै गर्न नदिने कस्तो व्यवहार हो ? देश त स्वर्गै हो !
र अन्तमा, चलचित्र र कथाको आत्मा - यसको संगीत र सर्जक सुजनको कुन शब्दले प्रशंसा गरीसाध्य होला र? आँख���ले देखेको कथालाई मनको भित्तामा छाप्न सुजनले जुन काम गरेका छन्, बिरलै कसैले गरेका होलान्! मन्त्रमुग्ध! यस योग्य टिमलाई धेरै बधाई दिंदै अझ उत्कृष्ट कथाहरु पस्किन हार्दिक शुभकामना! 😇
नबिन चौहान, सुजन चापागाईं र आर्टमांडू टिमले वर्षौंदेखि उत्कृष्ट संगीत र कथानक भिडियो पस्किरहेका थिए! अहिले पहिलो कथानक चलचित��र "ऊनको स्वीटर" मार्फत आफ्नो निखारिएको कलाको सर्वोत्कृष्ट प्रस्तुति दर्शकलाई सुम्पेका छन्! नेपाली चलचित्रलाई थोरै पनि माया गर्नुहुन्छ भने नछुटाउनु होला! 🫶
कति मीठो, मनछुने कथा बुनेछ्न् भने, हल बाहिर निस्कँदा मुटु गाँठो परेको अनि आँखा भिजेका थिए! 'अटेन्सन टु डिटेल' कति उत्कृष्ट! मौलिक परिवेश कति इमानपूर्वक पर्दामा उतारेका! सरल अनि मन्द गतिमा एकैनासले बगेको कथा, बालकदेखि वृद्ध कलाकार सबैको खोटविहीन अभिनय! जति तारिफ गरेपनि नपुग्ने! 🤗
धन्न प्रकृतिले हिमालका चुचुरा थुपार्देको रैछ र नेफुलीलाई दुनियाँसामु मागीखाने मेलो बनेको छ! सगरमाथा संवाद नामको कटौरो थापेर कति डल्लो पार्ने योजनामा र्याल काढीराका होलान्!
पन्ध्र वर्षअघि छुटेर बेपत्ता भाको पैलो प्यारसँग अचानक वार्तालाप भो! त्यो बेला संसाराँ योभन्दा राम्री त अरु कोई छैन झैँ लाको मुन्छे ऐले हेर्दा त बेलैमा छुटेर ठिकै भछ जस्तो लायो गाँठे! 🤪