कठपुतली सरकारलाई काम गर्नु पर्दैन, व��कास भएन भने के भो, प्रचार त भइहाल्यो नि! बाटो भत्कियोस्, बत्ती निभोस्, जनता भोकै मरोस्, फेसबुकमा त सरकार हिरो छ। नकारात्मक असर परे पनि के फरक पर्छ, भोट त फोटोले नै आउँछ! कठपुतलीलाई लाज हुँदैन।
यो कठपुतली सरकार माकाफुई।
हिरेन्द्रकाे जुम्ला व्लग
राजावादी : यति सादा, सालिन, बुद्धिमान
लाेकतन्त्र समर्थक : हाम्रो विवेक सस्तो छैन
राजतन्त्र फर्काउने सपना यिनको कमेन्ट हेर्नु , संविधान भन्दा भावुकता ठुलाे लाग्दाे रहेछ।
#Nepalpolitics#YouTube#monarch#federalrepublicnepal
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा।
न्याय कि सौदा? ३५ लाख धरौटीमा छुटाइँदा न्याय होइन, इनाम दिइयो। सवाल जनतासँग छ, उत्तर इतिहासले खोज्नेछ।
शुभरात्री।
भिजिट भिसा प्रकरणमा तीन महिना लगाएर छानबिन समिति गठन गरि प्रतिवेदन पेश गर्नु भन्दा त गहुँत छर्केर चोख्याउने चलन अपनाएको भए राज्यकोष पनि बच्थ्यो, र न्यायको नाममा गरिने ढोंग पनि टर्दथ्यो। कि कसाे हाे?
अहिलेकाे स��माजिक संजाल गफगाफ अरे पडकास्ट हाे क्यारे।
१. रचनात्मक र सिर्जनात्मक छैन, माईक्रोफाेन र बकबक मात्रै।
२. समय खेर फाल्ने काम।
३.सारहिन बकबक मात्र ।
४. म केहि भन्न चाहान्छु तर के भन्छु खैर मलाई भन्नु छ।
५. मजाकमा हास्नु ।
नेपाली उखानकाे चरितार्थ "पानीमा पादे जस्तो "
देशले पासपोर्ट बेच्न जनता सके पछि, बिदेशीलाई लाख लाख रुपैयाँमा नागरिकत्ता बेचेर बाचोस , हाम्रो त देशमा बस्ने कुनै ईच्छा रहेन सरकार भन���छन् गाम तिरका साथीहरू ।
"हाम्रो शहरमा मात्र मेयर आफ्नो मापदण्ड पूरा गर्न फुटपाथ चौडा गर्न ��क्छन्, जबकि सडक विभाग भन्छ यो उनको अहंकारको लागि पहिल्यै पर्याप्त चौडा छ।"
समन्वय, सहकार्य र सहअस्तित्व स्वाहा।
गाैसला २६ मै हु भनेर अनुहार देखाउन उभिएका केही हुल महिला काे हाउभाउ ले बुझ्न सकिन्छ कि कति प्रायोजक छ याे केश। कठै ! यस्तै प्रायाेजन हुदै गयो भने अझ महिलाहरु माथि खतरा बड्ने छ। खैर दुई चार पैसाकाे लागि सहअस्तित्व गुम्नाम नगर , जीवन १ बारकाे हाे थुतुनाे र मुतुनाे जाेगाउ।
पहिलो पटक उनलाई सेनेमा हलको पर्दामा शाहरुख खानसंग नाच्दै देखेको थिए। अनगिन्ती दर्शक झै म पनि सम्मोहित भए । समयक्रममा , मनिषाले एक पछि अर्को गलत फिलिम साइन गरिन । क्या��ियर र जीवन दुबै ओरालो लागे । त्यतिले नपुगेर क्यान्सर भयो । फोर्थ स्टेज क्यान्सर .... एउटा सानो अवधि भित्रै उनको चमकदार जीवन ; टुक्रा टुक्रा भएर छरियो ।
यो सबका बाबजुद मनिषाले छरिएका टुक्राहरु लाइ जसरी एक एक गर्दै समेटेर अघि बढिन ; त्यो साहस र लगनशिलता मेरा नजरमा उनको बलिवुड शिखर आरोहरण भन्दा बढी अर्थपूर्ण छ ।
सेनापनि जर्ज प्याटन झै, म पनि मान्छेको सफलतालाई उ कति माथी पुग्यो भनेर नाप्दिन। धरतीमा थचारिए पछि कति उठ्यो भनेर मात्र जाच्दछु ।
आजको दिनमा मैले मनिषा कोइरालालाई जसरी बुझ्ने मौका पाएको छु, त्यो पनि नियती नै हो । केही बर्ष अघि , एक दिन अनिद्राको छटपटले सताइएको बेला मैले यु ट्युब खोले । लिंकहरुको लहरो तन्किदै गयो । र , एक यस्तो भिडियोमा पुग्यो जहा मनिषा कोइराला मदिराले लगभग बेहोस हालतमा मुम्बइको कुनै रिसेप्सनमा मिडिया संग कुरा गर्दै रहिछिन । उनले बेहोसीमा बोलेका शब्द र उनको हालत देखेर मलाई दुख लाग्यो ।
हुन त यो भिडियो पुरानो थियो, उनलाई क्यान्सर लाग्न अघिको भिडियो थियो क्यारे । त्यही रात , त्यस पछि मैले उनका अरु भिडियो पनि हेरे । उनको जीवन र क्यारियरको अपठ्यारो अध्यारो ओरालो सकिएर फेरी शिखर यात्रा सुरु हुन थाल्ने बखतका भिडियोहरु ।
एक ठांउमा पुगेर म अघि बढन सकिन। दोहराएर हेरे । त्यो खिच्दा उनी क्यान्सर मुक्त भैसकेकी रहिछिन ।
कसैले उनलाइ सोध्द�� थियो - ‘ मनिषाजी, के तपाईलाई जीवनमा कुनै पछुतो छ ? त्यति धैरै सम्मान र पुरस्कार पाएकी तपाई त्यस्तो एक दिन हालतमा पुग्नु भयो भन्ने पछुतो छ ?’
' छैन । म आफ्ना असफलता र अपमानलाई पनि, त्यतिकै मायाले अङालोमा बाध्न चाहन्छु जति मेरा सफलता र अवार्डहरुलाई । '
यो सुनेर मेरो मनमा मनिषा प्रति आदर र उत्सुक्ता बढयो । धैरै गहिरो कुरा गर्दै थिइन । आफ्ना अपमानलाई पनि आफ्नो सम्मान सर�� अङालो मार्छु भन्ने भाव साधारण होइन । थप जान्ने रहर जाग्यो।
मैले मित्र बिकास रौनियारसंग उनको फोन नम्बर मागे । भाग्यवश त्यस बखत मनिषा काठमाण्डौमा नै रहिछिन । मेरी छोरी सारा पनि बिदामा घर आएकी थिए । हामी भेटन गयौ । मनिषाको चेहरामा मेक अप थिएन । न उनका कुरामा । हामी एक घन्टा जति बस्यौ । पर्सी पल्ट उनी मुम्बइ फर्किन।
आज बिहान अचानक मलाई मनिषा याद आइन । भारतका समाचार हेर्दै थिए । संजय लिला ��ंसाली निर्देशित 'हिरामंडी' यही बुधवार , मे महिनाको १ तारिख देखी नेटफ्लिक्समा रिलिज हुदै रहेछ । २०० करोड भारुमा निर्मित यो सिरिज भारतमा आजसम्मको सबैभन्दा महङो र महत्वाकांक्षी वेब सिरिज हो ।
संजय लिला भंसाली भारतका सर्वाधिक प्रतिभावान र भव्य ( Grand ) निर्देशक मध्ये हुन । भंसालीलाई ७ वटा राष्ट्रिय पुरस्कार र १२ वटा फिल्म फेयर अवार्डले सम्मानित गरिएको छ । मनिषा कोइराला तिन फिल्म फेयर अवार्डले सम्मानित छिन । र बुधवार रिलिज हुने हिरामंडी मा मनिषा कोइराला एक प्रमुख भुमिकामा छिन । मनिषा र संजय लिला भंसाली २८ बर्ष पछी एक साथ काम गर्दै छन , खामोशी पछी, जसका लागी मनिषालाई फिल्म फेयर सर्वश्रेष्ठ नायिका अवार्ड प्राप्त भएको थियो ।
धेरैलाई झै हामीलाई पनि आउदो बुधबार मे १ तारि��को प्रतिक्षा छ , जब नेटफ्लिक्समा हिरामंडी रिलिज हुनेछ । शुभकामना छ है ! @mkoirala What an amazing journey !