पछिल्लो १५–२० वर्षदेखि मैले TAFE मा जाने विद्यार्थी पनि प्रशस्तै देखेको छु, र धेरैलाई निःशुल्क परामर्श पनि दिएको अनुभव छ। तैपनि एउटा प्रश्न बारम्बार आउँछ — के हामी अस्ट्रेलिया पढ्न जाँदा विश्वविद्यालयमै मात्र किन केन्द्रित भइरहेका छौँ?
अचम्म त के छ भने, TAFE अर्थात् अस्ट्रेलियाका सरकारी प्राविधिक कलेजहरूमा वार्षिक शुल्क विश्वविद्यालयको भन्दा ५० देखि ६० प्रतिशतसम्म कम हुन्छ। उदाहरणका लागि, एउटै बिजनेस कोर्सको वार्षिक शुल्क विश्वविद्यालयमा AU$ ५५,००० पुग्दा TAFE मा AUD २०,०००–२५,००० मै सकिन्छ। IT वा इन्जिनियरिङतर्फ पनि विश्वविद्यालयको AUD 25,000–65,000 तिर्नुपर्ने ठाउँमा TAFE ले AUD १८,०००–२२,००० मै उत्तिकै व्यावहारिक सीप दिन्छ।
शुल्क मात्र होइन, पढाइको स्तर पनि व्यावहारिक र गुणस्तरीय हुनुमा कुनै कमी छैन। कक्षा साना भएकाले शिक्षकको व्यक्तिगत सहयोग बढी पाइन्छ, डिप्लोमापछि डिग्रीमा सजिलै स्थानान्तरणको बाटो खुल्छ, अनि शुल्क नै कम भएकाले भिसाका लागि चाहिने आय प्रमाण पनि न्यून देखाए पुग्छ।
यत्ति धेरै फाइदा हुँदाहुँदै पनि महँगो विश्वविद्यालय नै रोज्नुको कारण के होला — सामाजिक प्रतिष्ठा, जानकारीको कमी, वा हाम्रो पुरानै प्रवृत्ति? तपाईंको अनुभव र विचार कमेन्टमा राख्नुहोस्।
#TAFE #StateFunded #LowTuitionFees #StudyInAustralia #NepaliStudents #TAFEvsUniversity #AffordableEducation #AustraliaStudentVisa #TuitionFees #HigherEducation #NepalToAustralia
हेर्नुस्, गोल्डस्टार गोल्डस्टार भनेर हल्ला गर्नुअघि कम्तीमा क्यालिबर जत्तिको त बनाम् न हौ। सधैंभरी 'नेपाली चलचित्रलाई माया गरौं' टाइपको रूवाबासीले नै माल बिकाउन खोज्ने।
Marriott, Ritz-Carlton & Westin are coming to Nepal! After last September’s Gen Z movement, this is another strong investment.
Let’s build Nepal as a top-tier tourism spot. Hoping for big economic growth ahead. The government must back this.
#Nepal #Tourism #Hospitality #Travel #Marriott
~दरवार हत्याकाण्ड जस्तै रहस्यमय हत्याकाण्ड~
#सन्दर्भ : जेठ २४ |
वि.सं. २०३८ साल जेठ २४ गते नेपालको इतिहासमै सबैभन्दा चर्चित र रहस्यमय बलात्कार तथा हत्याकाण्ड नमिता -सुनिता हत्याकाण्ड घटेको थियो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई यो बारे थाहै छैन।
काठमाडौं लाजिम्पाटका उच्च सरकारी अधिकारी माधवराज भण्डारीका छोरीहरू नमिता (बहिनी), सुनिता (दिदी) र उनीहरूकी साथी नीरा पराजुली २०३८ जेठ १८ गते पोखरा घुम्न गएका थिए। जेठ २४ गते बिहान सबेरै बेगनास ताल घुम्ने योजना बनाएर निस्किएका उनीहरू त्यही दिनदेखि अचानक बेपत्ता भए। त्यसपछि जेठ २९ गते सेती नदी किनारको खोँचमा नमिताको शव अर्ध-निर्वस्त्र र विभत्स अवस्थामा फेला पर्यो, जसमा उनको कम्मरमाथि लुगा थिएन र घाँटीमा झुण्डिएको ब्यागमा दुवै दिदीबहिनीको परिचयपत्र र सुनको लकेट थियो। नमिताको शव भेटिएको ९ दिनपछि असार ६ गते सुनिताको शव पनि सेती नदीकै बगरमा घोप्टो परेको अवस्थामा फेला पर्यो। उनीहरूसँगै गएकी साथी नीरा पराजुलीको अवस्था भने आजसम्म पनि अज्ञात नै छ । शवको अवस्थाले स्पष्ट रूपमा बलात्कार र हिंसा देखाएको भएपनि गण्डकी अञ्चल अस्पतालले पोस्टमार्टम रिपोर्टमा 'पानीमा डुबेर श्वास फेर्न नसकी मरेको' भन्ने विवरण तयार पारेको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा नमिता-सुनिताका पिता माधवराजले सेती नदी किनारकै बाटो आवतजावत गर्ने वनपाले चूडामणि अधिकारीलाई भेटेका थिए, जसले घटनाबारे केही देखेका हुन सक्ने अनुमान थियो। तर असार ४ गते प्रहरीले चूडामणि र माधवराज दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ गरी भोलिपल्ट आउन भन्दै छोडेको थियो। असार ५ गते बिहान प्रहरी कार्यालय जान्छु भनी निस्किएका चूडामणि त्यसपछि कहिल्यै फर्किएनन्। उनको हत्या गरी शव गायब पारिएको आशंका गरिन्छ।
पञ्चायत शासनका उच्च पदस्थ अधिकारी र राजपरिवारका नजिकका सदस्यहरू संलग्न रहेको चर्चा र जनविश्वास व्यापक रहेको नमिता-सुनिता हत्याकाण्ड नेपालको इतिहासमा पञ्चायत कालमा घटेको एक अत्यन्तै चर्चित, क्रूर र हालसम्म पनि रहस्यकै गर्भमा रहेको सामूहिक बलात्कार तथा हत्याको घटना हो। शक्तिको चरम दुरुपयोग गरी वास्तविक दोषीलाई लुकाइएको कारण यो घटनालाई नेपालको न्याय इतिहासकै एउटा कालो अध्याय मानिन्छ।
#namitasunitahatyakanda
यो वर्षको विश्वकप नेदरल्याण्डलाइ जिताउने महान उदेश्य सहित आजबाट विश्वकप भरी यो प्रोफाइल फोटो बनाइयो ।
Walking through the city with one goal in mind: Holland must WIN the World Cup 2026! Let’s go Oranje! 🦁🧡🏆
Who’s with me? 😎😎
#Nederland#WorldCup2026#Oranje #FIFAWorldCup #holland #amsterdam #worldcupwinner #USA #mexico #Canada
उबर नेपाल भाडाको लडाइँ जित्न आएको होइन। यो त ब्रान्डको लडाइँ जित्न आएको हो।
नेपालमा पहिल्यै धेरै सवारी एप छन्— पठाओ, इन्ड्राइभ, याङ्गो, टुटल। याङ्गोले जम्मा ३ प्रतिशत कमिसन लिन्छ। पठाओले २०% सम्म लिन्छ, अनि त्यही भएर चालक पनि गुमाइरहेको छ।
अनि उबर यो सब झन्झटमा किन पस्यो त?
उबर सबैकै लागि आएको हो। तर योसँग एउटा यस्तो समूह छ, जहाँ यसलाई कसैले हराउन सक्दैन— पठाओ र इन्ड्राइभले त कहिल्यै पनि सक्दैनन्। काठमाडौं ओर्लने बर्सेनि दस लाखभन्दा बढी पर्यटकको फोनमा उबर पहिल्यै छ। त्रिभुवन एयरपोर्टमा झरेर उनीहरू कुनै नयाँ एप डाउनलोड गर्दैनन्। उनीहरू सिधै उबर खोल्छन्— त्यही उबर, जुन लन्डन, दुबई, न्यूयोर्कमा चलाएका थिए।
स्थानीय मान्छेको हकमा भने यो अलि बिस्तारै हुने खेल हो। तर उबरलाई राम्ररी थाहा छ— पर्यटकले देखाएको विश्वास बिस्तारै स्थानीयमा पनि सर्छ। कसैले चलाएको देख्नुहुन्छ। सुन्नुहुन्छ। अनि बल्ल आफै पनि चलाउन थाल्नुहुन्छ। ठूल्ठूला ग्लोबल ब्रान्डले नयाँ ठाउँमा आफ्नो नाम कसरी जमाउँछन् भन्ने तरिका नै यही हो— धेरै खर्च नगरी, बिस्तारै चिनिने।
मार्केटिङमा एउटा भनाइ छ— कुनै चिजको सबभन्दा पहिले याद आउने नाम आफ्नो बनाउनु। यो सबभन्दा राम्रो वा सस्तो हुनुको कुरा होइन। यो त मान्छेको दिमागमा सबभन्दा पहिला आफू आउने कुरा हो।
नेपालमा उबर भनेको गाडी मात्र होइन। यो त कम्पनी आउनुअघि नै ब्रान्ड आइपुग्दा के हुन्छ, त्यो हो।
अब भन्नुस्, उबर राम्ररी जमिसक्नुअघि कुनै नेपाली एपले यस्तो विश्वास बनाउन सक्छ जस्तो लाग्छ?
@libangi13@titomitho टिक्ने नटिक्ने त स्ट्राटेजीले होला । पूराना ब्राण्ड अन्नपूर्ण, एभरेस्ट, हायात लगायत अन्य बन्द र स्तर खस्केपछि नषांले ठाउँ लिने हुन् । याक एण्ड यति, र्याडिसनलाइ पनि गारो छ पुरानो भएर । हिल्टन फेरी शुर हुन सकेको छैन् । २,४ वटा त विदेशको कालो धन सेतो पार्न पनि नयाँ आउंछन् । खुशी
@libangi13@titomitho टिक्ने नटिक्ने त स्ट्राटेजीले होला । पूराना ब्राण्ड अन्नपूर्ण, एभरेस्ट, हायात लगायत अन्य बन्द र स्तर खस्केपछि नषांले ठाउँ लिने हुन् । याक एण्ड यति, र्याडिसनलाइ पनि गारो छ पुरानो भएर । हिल्टन फेरी शुर हुन सकेको छैन् । २,४ वटा त विदेशको कालो धन सेतो पार्न पनि नयाँ आउंछन् । खुशी
विकाउ पत्रकारिताको पसल बन्द भएपछि टिकटक र स्पेसमा रोइलो गर्नेहरूको हर्कत हेर्नुस्। बालेनले तिमीहरूको असली अनुहार देखाइदिएपछि यतिसम्म गिरिसक्यौ? अरूलाई होच्याउने घोचपेच गर्ने गजेडी भन्ने अनि जवाफ फर्काउँदा आफ्नो आमा-दिदी लाई भन रे त्यसो हो भने तँ पनी आफ्नो बाऊ दाई लाई भन् । यो निच कम्युनिस्ट सोच तेरो रगतमै छ। जेन-जीसँग निहुँ खोज्ने सुड्डी औकात छैन तिम्रो, धेरै उफ्रिने काम नगर। आफ्नो स्तर नभुल्नु नै तिम्रो लागि भलाइ हुनेछ।
बतासे हो है मिलेमा संयोग मात्र ।
#EffectNo1filter #लगा #भिकमाग्दैबस्