संसारमा Ai र रोबोटको विकास अत्यासलाग्दो छ । खुसी यो मानेमा छु कि नेपालले पनि रोबोट विकासमा ठूलो फड्को मारेछ । महावीर पुनको नवप्रवर्तन मन्त्रालयको देन होला— आज संसदमा त्यस्तै रोबोट देखें ।
रोबोटले बोल्यो, हिँड्यो, हात हल्लायो पनि । मान्छे बोले झैं देखाउन बेलाबेला��ा अक्मकिएको जस्तो पनि गऱ्यो ।
रोबोटको सम्भावित विकिरणबाट नेपाली जनतालाई जोगाउन डेभलपरले कालो चस्मासमेत लगाइदिए ।
गजब 🫡
रास्वपाका भएका सांस��हरुको प्रकार
१- लासहरु (जस्को आफ्नो बोलि छैन,संख्याको लागि मात्र उपस्थित )
२- दासहरु ( उनिहरुको काम भनेको रवि र बालेनको बचाउ मात्र गर्ने)
३- हलिहरु ( अरुलाइ देखाउदा आफुलाइ ठुलै नेता देखाउने रवि र बालेन अघि तमसरणम गर्ने )
४- केटाकेटिहरु ( आज मेरो आसन फलाना/फलानिको छेउमा बस्न पाउछु कि पाउदिन भन्ने चिन्ता मात्र भएकाहरु )
घमण्डको भाँडो नभरिदै फुट्छ कि क्या हो?
न त शिष्टाचार, न त लोकतान्त्रिक व्यवहार, न त विनम्रता, न त उदारता —फगत आत्मरति र दम्भ। यसरी नै हो सुरुमा मान्छे ईश्वर बन्ने र बिस्तारै बिस्तारै पतन हुँदै जाने। मात्र दुःख यस मानेमा लागेको छ कि हाम्रा अनमोल पाँच वर्ष तमासा गरेर �� तमासा हेरेर नै सकिने भए।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमा��े पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र ��न् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
गगन थापा को विकल्प गगन थापा नै हुन
कोही भुक्दै मा त��यो विकल्प रोकिदैन ।
तिमिहरु ले नेतृत्व गरेको पनी देखे को हो , भोगे को हो
सरकार मा हुदा तिमिहरु को उन्माद पनी देखे को हो भोगेको हो । आज जे भयो नी त्यो सबै तिमिहरु ��े गर्दा भएको हो । यो त्यो हुदैन र हुनु हुदैन । जनता र कार्यकर्ता सर्वेसर्वा हुन । @thapagk
कांग्रेसका मतदाता गगन-विश्वसँग हैन, देउवाकालको सत्तालोलुपता, नीतिहीनता र ब्रह्मलुटसँग रिसाएको थियो अनि रिस नमर्दै चुनाव आयो। यो कुरो जति छिटो बुझियो, उति कोर्स करेक्सन चाँडो र सजिलो। हुन त निदाएकालाई बिउझाँउन सकिन्छ, निदाएको नाटक गर्नेलाई सकिन्न। कुरो यत्ति हो।🙏
प्रिय गगन,
तपाई नेता हो। पार्टी, देश र यो समाज अविच्छिन्न रहन्छन। यो जीवन लामो छ र छोटो पनि छ। तपाईको संघर्षको साक्षी समय छ। म छु। हरेक नेपाली नागरिक छ। भोली इतिहास हुनेछ। अहिले सम्मको संघर्षलाई एक पुर्णविराम दिएर समिक्षाको लागि इतिहासलाई छोडने कि निरन्तर अघि बढने? यो निर्णय तपाईले गर्न सक्नुहुन्छ। तपाईले जे निर्णय लिए पनि पार्टी र कार्यकर्ताले सम्मान गर्छन। निस्पृहताका लागि पूर्णविराम आवश्यक हुन्छ।
इतिहास, वर्तमान र भविष्यमा नेपाली कांग्रेस र यसका नेता मुलुकमा संकट आईपर्दा चाहिने हो। निर्वाचन अघि मुलुक संकटमा थियो। अहिले पार्टी संकटमा परेको हो। पार्टीलाई यो संकटबाट बाहिर निकाल्न नेतृत्व र विचारको खाँचो छ।
नेपाल र वैश्विक सन्दर्भमा त्यो बखत र हिजोसम्म जे महान थियो आजको मानिस त्यो ��ान्न तयार छैन। समयको महानताको आलोकमा बीपीको विचारले आजको समाज देखेको छैन। नेतृत्व तपाई हो भने आजको समयको संवेग, आवेग र विवेकसहितको तपाईको विचार लिएर आऊनुहोस। त्यो विचार निर्माण को समय चाहिन्छ। त्यो समय कहिले, कसरी र कहाँबाट लिने? त्यो पनि यहाँलाई थाहा छ।
आऊदो नियमित महाधिवेशनमा पार्टीले गगनको दर्शन र विचारको अपेक्षा गरेको छ।
जय नेपाल।
जय देश।
ऊही तपाईको
भोजराज
पुतलीबजार - १३
स्यांगजा
@thapagk
@NepaliCongress
ए���ाले सोत्तर हुँदा पनि एमालेहरू ओलीको राजीनामा मागेको त्यति सुनिदैन।चुनावको मुखैमा नेतृत्व सम्हालेका गगनलाई भने 'खांग्रेसीले' खेद्न छाडेनन्।कांग्रेसको ठूलो शत्रु कांग्रेसी नै हुन्।
कांग्रेसीहरू,
गगन-विश्वप्रकाशहरू आउँदा नै घण्टी मुनी सम्म अड्या हौ,नत्र त माटो मुनी भासिन्थ्यौ के!
चुनावमा जित/हार हुन्छ नै; ४८ सालदेखि अहिलेसम्मको चुनावी परिणाम देखेकै हो। कतिपटक एउटा/एउटा दलले, अरू दलहरूलाई सिनित्त पारिदिएकै हो।
कसैले पनि, जितेर मात्तिन र हारेर आत्तिन हुँदैन/पर्दैन। यहॉ अजम्बरी कोही छैन/हुँदैन।
@thapagk माथिको सम्मान रतिभर कम भएको छैन; बॉकी समयले देखउला !
आज आमासँग फोनमा कुरा गर्दा उहाँले भन्नुभयो—“अरु ठीक छ बाबु, Gaganले चाहिँ जिते हुने।” सुन्दा पीडा लाग्यो।
मत–परिणामका लागि Nepali Congress बदल्न बाँकी रहेछ, दोष मात्र Gaganलाई दिन मिल्दैन। मक्किएको घर टाल्न समय छोटो भयो, तर प्रयास प्रशंसनीय छ।🙏@thapagk#I_am_with_Gagan
काँग्रेस मौन छ,
परिणामपछि शब्दहरू हराएझैँ।
गगन पनि मौन छन्,
सुवेच्छुकका आवाजहरू थामिएझैँ।
त��� समय कहिल्यै मौन हुँदैन,
उसले फेरि घडी घुमाउँछ।
पराजय क्षणिक हो,
उर्जा भने दीर्घकालीन आगो हो।
मौनता लामो नहोस्,
आशा निभ्न नदिऊँ।
किनकि समय बलवान छ—
उर्जा नमरोस्। @thapagk
पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।
Health is not charity, health is security.