दिनको अस्तित्व सन्ध्या हुँदै रात र रातले विस्तार गरेको अँध्यारोमा विलिन भइरहँदा म मेरो आकृति हराइरहेको अनुभूति गर्छु, किनकि म उज्यालोको सत्ता मन पराउँछु।म उज्यालो गीत लेखेर समयका फाँटहरूमा सम्प्रेषण गर्न चाहन्छु।तिमी मेरा रहरहरू नियालेर हेर म मेरो मनको चहकिलो पर्दा उघारी बस्नेछु।
त्यहाँदेखि यहाँसम्म गाउँ बुझ्न चाहेर पनि बुझ्न सकिनँ मैले । जतासुकै षड्यन्त्र दौडिएका छन् । परिवर्तन अवसरवादीका पोल्टामा छ । बाजेका पालामा जसले शोषण गरी गाउँ खोक्रो पार्यो उसकै बोलवाला बढ्ता छँदै छ।स्थानीय सरकारको नेतृत्व घेराबन्दीमा पारी शक्तिका खेलाडीहरू झुटको खेतीमा मस्त छन् ।
नेपाली समाजमा नैतिक धरातल बलियो भएको जिम्मेवार नेता पाउनु भैरव अर्यालकै भाषामा प्याज नखाने बाहुन भेट्टाउनुसरह भइसक्यो।गगन थापाको राजीनामाको रणनीति र राजनीतिलाई अलिकति पर राखेर हेर्ने हो भने नेपाली राजनीतिक पर्यावरणबाट विदा भइसकेको संस्कृति अङ्कुरणको मधुर�� सङ्केत प्राप्त भएको छ ।
राजनीति प��सा होइन । इमानसहित उत्तरदायित्व बोकी सेवामा समर्पण हुनु यसको मूल मर्म हो।यस विषयमा नेपाली समाजको विगत राम्रो छैन।स्वार्थसमूह निर्माण गरी राज्यस्रोत दोहनमा विगत नेतृत्व निकै उत्साही देखियो।पालित पोषितको असन्तुष्टिमा विगतको लुटतन्त्र प्रस्ट रूपमा प्रतिबिम्बित भएको पाइन्छ।
प्रभुजीको आदेश उल्लङ्घन गरी आफैँभित्र सम्भावना खोज्ने हो भने देश, विकासका पथमा अघि बढ्ने सङ्केत प्रशस्तै देखिएको छ।हेर्दै जाऔँ, इच्छाशक्ति र अनुशासन, कार्यान्वयनका तहमा कसरी पुग्ने हो ???
रवि लामिछानेको सम्बोधन निकै प्रभावकारी लाग्यो।पत्रकारितालाई पृष्ठभूमि ब��ाई जनसमस्यामा उपस्थित भई समाधानका मार्गमा खरो उत्रिएका उनी राजनीतिका यी चार वर्षमा अनेक ठेस-ठक्करमा परी खारिएछन् भन्ने कुरा उनको मन्तव्यमा प्रस्ट प्रतिबिम्बित भएको पाइयो।उनले भने अनुसार कार्यसम्पादन ++++
हुने हो भने हाम्रो सम��ज अविकासमा गुज्रने कुनै सम्भावना छैन।अनुशासन, जाँगर, नैतिकता, समर्पण, सेवा लगायत विषयबाट टाढा भाग्ने नेपाली संस्कृति विरुद्ध जननिर्वाचित यी सभासद् मन, वचन र कर्मले उत्रिन सक्छन् त ? हाम्रो भविष्य यही प्रश्नका वरिपरि घुमिरहेको छ। ++++
सम्पादित कार्यको परिणतिले मानिसलाई असल/खराबको परिचय दिन्छ।सधैँ असल काम गरिन्छ भन्ने पनि होइन तर सम्पादित कार्यहरूमा असल कार्यको सङ्ख्या धेरै भए उस��ाई असल मानिसका कित्तामा राखिन्छ र राख्नु आवश्यक पनि छ।कहिलेकाहीँ एउटा मात्र गलत निर्णयले पनि असल मानिसलाई पतनको इनारमा खसाउँदो रहेछ ।
मैले पनि आज आधा सिलिन्डर ग्यास प्राप्त गरेँ।यो पालो अनुसारकै प्राप्ति हो।सञ्जालभरि 'घन्टी छाप, सिलिन्डर हाफ' भेटिन्छ।यो सर्वथा गलत सङ्कथन निर्माणको प्रयत्न हो।आफूलाई सबै रूपमा सही प्रमाणित गर्न सत्तामा नपुग्दै दोषारोपण गर्ने प्रवृत्ति गलत हो।खबरदारीको समय त आउँदै छ। गलत सही होइन।
हामी वस्तु मात्र देख्छौँ तर त्यसको वस्तुता ठम्याउन सक्दैनौँ।दृष्टिबाट बन्ने आदर्श भ्रमको निरन्तरता मात्रै हो।वस्तुको वस्तुता बोधपछि हामी भ्रमबाट उत्रिन्छौँ।हाम्रो सामाजिक चरित्र यसरी नै निर्माण हुने हो। 'समाजमा मानिस जैविकभन्दा बढी सामाजिक प्रवृत्ति बाँच्छ र चरित्र निर्माण गर्छ।'
नेपाली साहित्यको समकालीन पर्यावरणमा देखिएको गुटबन्दीका चरित्रका कारण साधक, सर्जक, समालोचक, अनुसन्धाता लगायतक�� योगदान धूलिधूसर भएको यथार्थ साहित्य गरिहिँड्नेलाई ज्ञात नभएको होइन।यस्तो प्रवृत्तिको सधैँ विरोधमा छु।तर असहमति पनि असन्तुष्टि र स्वार्थका तहमा बोध हुने विडम्बना त छँदै छ।
इन्धन सङ्कट अबको एक प्रमुख चुनौती हो।यसको समाधान हा��्रो क्षमताभन्दा धेरै परको विषय हो।अरुमा आश्रित इन्धन व्यवस्थापनको हाम्रो संस्कृति योजनामा सीमित छ।कुरा होइन काम गर्ने वेला आएको छ।युद्ध सिर्जित सङ्कट टरे पनि यस विषयलाई कुल्चिएर हिँड्ने छुट कस���लाई हुने छैन।पानीलक्ष्य पूरा होओस्।
मन बिथोल्ने अनेक तत्त्व छन्।तिनका जरामा पुग्न धैर्य, संयम, अध्ययन, आलोचनाजस्ता पक्षले मार्गनिर्देशन गर्न सक्छन्।हिँडेका बाटाम��� बटुलिएका ठेस-ठक्कर, भुल-भत्कोसको समीक्षा गर्ने ज्ञान निर्माण नभएसम्म भुलहरूको पुनरावृत्तिमा न्यूनीकरण स��्भव छैन।..एउटा भुलले अर्को भुललाई सच्याउन सक्दैन।
परिस्थिति जटिल छ । अघि सहज थिएन, पछि पनि सहज हुने छैन । असहज अवस्थालाई व्यवस्थापन गरी निर्माण, पुनर्निर्माण र विनिर्माण गर्न सक्ने नै वास्तविक विजेता, नेता, संरक्षक र अभिभावक हो ।
नेपाली समाजमा खुट्टा तान्ने प्रवृत्ति संस्कृति बनिसकेका परिप्रेक्ष्यमा निर्माणको विषय सधैँ ओझेल परेको देखिन्छ । सिर्जनालाई केन्द्रमा राख्न सिके/सके रूपान्तरण टाढा छैन । तसर्थ, व्यक्तिगत स्वार्थ होइन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखौँ । मेलमिलापको संस्कृति हुर्काऔँ ।