ठेट्ने मन्त्रीपरिषदको सुन विवरण चर्चा सुनेपछी, के रहेछ कुरो भनेर बुझ्न बर्खमान सुनलाई फोन गरेको - "के धेरै भन्ने, सबैको जोड्दा एक खेप पनि नपुग्ने रैछ" भनेर फोन राख्दे ।
बिहानैदेखी पखाला लाग्यो । निर्वाचित प्रतिनीधिलाई ��ोन गरेर, "लौ बाबु, जनताको सेवा गर्ने भनेको हैन, पखाला लाग्यो, गर सेवा" भनेको "हजुरको लागी सबैकुरो" भनेर घरमै गाडी पठाएर वी�� अस्पताल पुराईदियो । काम चैँ गर्दोरैछ केटोले !
शहीद दिवसको अवसरमा सम्पुर्ण ���ेन-जी शहीदहरुमा हार्दिक श्रद्धाञ्जली । मैले गोली चलाउ��े आदेश दिएको छैन, दिन पनि सक्दिन । म त उनीहरुको मुलुक बनाउने सपना पुरा गर्न कटिबद्ध छु । तर बन्दैन मुलुक दुईचार सपुत मरेर नगए भनेर केही सपुतहरुलाई देशको लागी शहीद बन्न सहयोग मात्रै गरेको हुँ ।
झापाबाट फर्किँदा एयरपोर्टमा हामीलाई माथिको आदेश भन्दै हेपियो, सुन तस्कर झैँ व्यवहार गरियो । कस्तो निकृष्ट व्यवहार , कति हेपेको ? जाबो सुन तस्कर हो हामी ? हामी त बालबालिकाको हत्य���रा हौँ ।
रास्वपाले बाबुराम भट्टराईलाई राष्ट्रपति बनिईदिन्छौँ, उम्मदेवारी फिर्ता लिनुस् भनेछन् । भट्टराई पनि फुत्त लागेर फिर्ता लिएछन् । बुढापाकाले भन्थे छोरा पाउनु क��िले कहिले, भोटो सिउनु अहिले भनेर । यता त छोरै पाउन नसक्नीले पनि भोट सिलाएर राखेछन् । तेरिमा भारुराम !
यस्तो केटकेटीको हा हु गर्ने भिड लिएर चुनाव जितिन्छ ? मतदाताको साथ चाहिन्छ चुनाव जित्न । अब मेयर नि छोड्यो, यता जमानत जफत । बरु "सै पनि एमाले, मै पनि एमाले" जस्तो गीत गाए एल्बम निकाल्न सहयोग गरुम्ला ।
साना विद्यार्थीलाई स्कुल जाउ, यता नआउ भन्दा सामान्य गोली लागेको मात्रै हो । यसमा ��ाजनीतिकरण आवश्यक छैन । अवैधानिक सामाजिक संजालमा हामीलाई हत्यारा सरकार भन्दैरैछन्, तर ६२-६३ मा ज्ञानेन्द्रले मारेजति त मारेको छैन नि हामीले ।
मेरै घुँडो चुसेर बाँचेका हरु अहिले विद्याकसम खान थालेका छन् ! कति बेईमानी, हे ठोरीका राम ? खाको नुनको सोझो त गर्नुपर्छ नि । सबैले थापा'म् , अहिलेलाई "मंगल" छ, पछि अमंगल हुनसक्छ !
१५ गते राजधानी कब्जा गरेर उपध्रो गरो, भनेर बुझेरै भनेको हुँ । गृहमन्त्री एक्लैले दैनिक ५० लाख खाको टुलुटुलु हेरिराछु । हटाए सरकार ढल्छ, आँफै हट्दैनन् । अलि अस्तिनको जस्तै आफ्नै कार्यकर्ता लगाएर तोडफोड गर्नपाए, गृहले कन्ट्रोल गर्न सकेन भनेर राजिनामा गराउन सकिन्छ कि भनेर पो त !
एउटा चिसो चिठी आयो, विश्वप्रकाशले बेसक्याम्पबाट पठाएका रैछन्, रोशनीको मृत्यु छानबीन गर्न पर्छ भनेर । मदन भन्डारीजस्तो नेता मारेर त मान्छे प्रम, राष्ट्रपति भाछन् , जाबो एउटी ल्याईते मर्दा छानबीन ? कस्तो काईते चिठी लेखेको ? लेखिसकेपछी यस्तो लेखक बन्नु कि कमसेकम ४०-५० लाख कमाईयोस् !
पन्डीत बालकृष्ण ढकालबाट रवीको "चौरासी" समापन गराईयो तर यता मिश्र भने छुटे । १५ गते आन्दोलन रे राजावादीको ! म एमाले कार्यकर्तालाई १५ गते उपत्यका कब्जा गर्न आदेश दिन्छु । नडराईकन जे गरे नि हुन्छ, प्रोटोकल स्रोटोकल केही हुन्न । दोष त मिश्रलाई लगाईहालिन��छ, तिनको पनि चौरासी गर्नु छ ।
गभर्नर पनि काँग्रेसले खाए, दैनिक ५० लाख पनि काँग्रेसले खाए, अनि भ्रष्टाचारी चाहिँ हाम्लाई भनेर फुटेज चैँ बालेनले खाए । यसरी पैसा, पद काँग्रेसले खाने अनि गाली चाहीँ मैले खाने हुँदा यो गठबन्धन फुटको संघारमा पुगेको छ ।
प्रचण्डजी, एकछिन यसो बसेर कुरो गरौँ, म रुम मिलाउँछु
जान्नेलाई छान्ने
भुरेटाकुरे दलहरुले भनेपनि कार्यान्वयन मेरो सरकारले गरेको छ । भुटानी शरणार्थी केसको बारेमा सबभन्दा जान्ने आरजु देउवालाई परराष्ट्र मन्त्री बनाईएको छ । विद्या नामकीलाई शिक्षा मन्त्री, मजदूरजस्तो अनुहार भाकोलाई श्रममन्त्री । सरकार सफल भईसक्यो ।