श्रीमद्भागवत महापुराणको दशौं स्कन्दमा भगवान श्रीकृष्णको प्रकटीकरणको प्रसंग आउंदा वातावरण अत्यन्त उत्साहजनक हुंदोरहेछ।त्यस अवसरमा नाती शुभान्सलाई श्रीकृष्ण बनाएर नन्दको भूमिका मैंले निभाएं, बोकेर घुमाएं।बढो रमाइलो भयो।
राधे! राधे!!
पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको घटना वारे तत्काल आफ्नो धारणा सार्वजनिक गर्न तथा यस सम्बन्धमा भारत सरकारको ध्यानाकर्षण गर्न आग्रह गर्दछु @ShahBalen
बजारमा चांडै आउंदै छ
“In a personal communication with this author in Chaitra 2064 B.S. (April 2008), prior to the Constituent Assembly elections, Maoist leaders Pushpa Kamal Dahal ("Prachanda") and Dr. Baburam Bhattarai requested that I convey to King Gyanendra their interest in exploring a political understanding with the Palace. They indicated that such an understanding could facilitate the formation of a Maoist-led government while politically sidelining the mainstream parliamentary parties. King Gyanendra, however, firmly rejected the proposal. …”
"राप्रपा र राप्रपा नेपाल बिच एकता सम्पन्न भैसकेको छ।निर्वाचन आयोगले सोधेको केही प्राविधिक प्रश्नको केन्द्रीय नेतृत्व र सचिवालयले निराकरण गर्ने नै छ।एकता वारे पार्टीमा कुनै विवाद छैन।राप्रपाको भविष्य उज्ज्वल छ।हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने मुख्य संवाहक राप्रपा नै हो।"
Extremely saddened by the news of the untimely demise of legendary mountaineer Nirmal Purja, affectionately known as 'Nims Dai.' We are profoundly proud of your legacy—your contributions to the world of mountaineering will never be forgotten. Nims Dai was truly born for the Himalayas, and he took his last breath where he belonged, in the lap of the high peaks.
Baikuntha Bas Hos!
विश्वविख्यात तथा कीर्तिमानी पर्वतारोही निर्मल 'निम्स' पुर्जा पाकिस्तानको 'ब्रोड पिक'मा गएको हिमपहिरोमा परी बेपत्ता हुनुभएको खबरले स्तब्ध र मर्महत बनेको छु।उहाँ लगायत बेपत्ता हुनुभएका सम्पूर्ण पर्वतारोहीहरूको शीघ्र र सकुशल उद्धारको कामना गर्दै उहाँहरू सबैको सुस्वास्थ्यको लागि ईश्वरसँग प्रार्थना गर्दछु
बढी भन्नु पर्दैन तर यति चाहिँ भनुँ:
मैले राजाले गल्ती गरेनन्, कहिल्यै भनिन। विष्णुको दशौँ अवतार भने पनि राजा मान्छे हुन् -- गल्ती हुन्छ। संसारमा गल्ती नगर्ने राज पनि छैनन्।
तर लोकतन्त्र "संस्था" भए झैँ राजा पनि "संस्था" हुन्। लोकतन्त्रमा "हजार" गम्भिर कमजोरी हुँदा पनि हामी लोकतन्त्र सुधार्न र जोगाउन पर्छ भन्छौँ। केका लागि? देशका लागि।
त्यस्तै, राजामा "केही" कमजोरी भए पनि "नेपालको हकमा" राजसंस्था सुधार्नै र जोगाउनै पर्छ। केका लागि? देशका लागि। #विचारभन्दामाथिदेश
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको समाचारले मलाई दुःखी बनाएको छ। उहाँ प्रजातन्त्रप्रति प्रतिबद्ध, सिद्धान्तनिष्ठ र असल व्यक्ति हुनुहुन्थ्यो। दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु
सामाजिक सद्भाव, सहिष्णुता र सहअस्तित्व सनातन हिन्दू संस्कृतिका मौलिक पहिचान हुन्। परम्परादेखि यी मूल्य-मान्यताहरू नेपाली समाजमा अक्षुण्ण रहँदै आएका छन्। तर, विगत केही वर्षयता हिन्दू धर्मावलम्बीहरूले आफ्ना धर्म, संस्कार र संस्कृति अनुसारका धार्मिक गतिविधिहरू गर्दा यदाकदा अवरोध पुर्याउने र अशान्ति फैलाउने गतिविधिहरू हुनु चिन्ताजनक छ।
यसको पछिल्लो ज्वलन्त उदाहरण सुनसरीमा घटेको घटना हो। माइकको आवाज ठूलो भयो भन्ने सामान्य निहुँमा हिन्दू धर्मावलम्बीहरूमाथि गरिएको आक्रमणको निन्दनीय छ।
साथै, सुरक्षाकर्मीहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण एक निर्दोष युवाको ज्यान जानु र कैयौँ नागरिक सख्त घाइते हुनु अत्यन्तै दुःखद छ।
दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सुनसरी घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। साथै, सामाजिक सद्भाव, भ्रातृत्व र शान्ति कायम राख्न म सम्पूर्ण पक्षसमक्ष हार्दिक अपिल गर्दछु।
प्रचण्डको प्रश्न: "भदौ २३ र २४ गते हामी किन निरीह भयौँ?"
जवाफ प्रस्ट छ प्रचण्डजी!
तपाईंहरूले २०६५ सालमा देशलाई अभिभावकविहीन बनाइदिनुभयो। राष्ट्रका प्रमुख अङ्गहरूले आफ्नो अनुकूलतामा अभिभावक खोज्न थाले, अनि परिणाम स्वरूप 'जसको शक्ति उसैको भक्ति' भयो।
तपाईंहरूको भ्रष्ट र अकर्मण्य प्रवृत्तिकै कारण आज तपाईंहरू यसरी लाचार र निरीह हुनुभएको हो। धन्न, देशको अस्तित्व भने अहिलेसम्म जोगिएको छ। देश संकटमा परेका बेला सबै नेपालीलाई एकजुट बनाउन सक्ने र सम्पूर्ण राष्ट्रको रक्षा गर्न सक्ने एकताको प्रतीक - एउटा सच्चा अभिभावक संस्था चाहिएको छ, प्रचण्डजी!
शिक्षा, स्वास्थ र विद्युतमा आजदेखि लगाइएको नयां कर तत्काल हटाउन प्रम @ShahBalen लाइ आग्रह गर्दछु। यो जनविरोधी कार्य प्रम बालेनलाइ असफल र अलोकप्रिय बनाउने षडयन्त्रको कडि हुनसक्छ