मैले चुरोटलाई जलाउँछु ।
एक दिन चुरोटले मलाई जलाउने छ ।
मैले खुट्टाले कुचेका ठुटाहरु एस्ट्रेमा निमोठेका ठुटाहरुले बद्ला लिनेछन्।
म धुवाँ भएर फुस्स उड्ने छु ठुटाहरु गद्गद हुनेछन् ।
र मेरा केही मित्र���रुले त्यो मुजि चुरोटेलाई चुरोटले नै लग्यो भन्दै "एक एक खिल्ली चुरोट तान्नेछन्" ।
तिमिलाई अब कहिल्यै सम्झिन्न भनेर जब चुरोट तान्न थालें तर तिमिले चुम्ने गरेका ओठहरु अरु कसैलाई जुठो हाल्न दिन मेरो मनले मानेन र त सल्किदै गरेको चुरोट स्ट्रेमा फ्याँकेर निस्किएं ।