Nirmal Purja "Nims Dai" was more than a great climber. He was a hero & an inspiration to thousands of people holding numbers of world records. His Netflix documentary 14 Peaks has inspired everyone around the world & people are paying tribute to legend of mountaineering.🌹 #Tribute
उहि पहिलो दिनमा जाऊन
जहाँ हामी भेटिएका मात्रै थियौ
तर साटिएका थिएनौ
गाँसिएका थिएनौ
आज आफैलाइ हेर न
भाँसिएको छौ
टुटेको छौ
फुटेको छौ
अनि म आफूलाई के भनू
जो रित्तिसकेको छु
हराईसकेको छु
अघाईसकेको छु...
कसैले कसैको इज्जत गर्दैन, नेपालमा।
यो कस्तो अचम्मको ठाउँ हो, जहाँ सबैले सबैलाई चोर, बदमास, दलाल र झोले भन्छन्।
आदर्शहरू नभएको समाज यस्तै हुन्छ।
हामीले बुझ्न नसकेको कुरा के हो भने—थोरबहुत कमजोरी नभएको मान्छे नै हुँदैन।
आदर्श नभएको समाज बन्नुका धेरै कारणमध्ये एउटा कारण मात्र भन्छु, अरू धेरै कारण त तपाईंलाई थाहा नै छन्।
अघिल्लो पुस्ताका केही स्वनामधन्यहरूले गत दशकहरूमा ‘आलोचनात्मक चेत’ को नाममा ‘आलुचनात्मक चेत’ को ढलेलो नेपाली समाजमा लगाए।
खोटखोजक, विश्वनिन्दकहरूको सानो झुण्ड नै आफूलाई नायक–नायिका ठान्न थाले।
तर आजको दिनमा ‘आलुचनात्मक चेत’ वाला त्यो झुण्ड पनि बजारमा आफू महत्वहीन बन्दै गएको पीडा महसुस गर्दैछ।
किनकि, आलुच��ात्मक चेतको नाममा फगत निन्दा र खिसीट्युरी गर्ने काममा उनीहरूभन्दा पनि चर्का गुरु–गुरुहरू बजारमा आइसके।
सत्य के हो भने—न हिजोको पुस्ताका सबै खराब थिए, न आजको पुस्ताका सबै असल छन्।
फगत उमेर र पुस्ताले कोही स्वतः असल वा खराब हुने ग्यारेन्टी दिँदैन।
सबै पुस्ता मिलेर जाँदा राम्रो।
ऊर्जा र अनुभव एकैसाथ हिँड्न सके राम्रो।
तर पुरानाले साथ नदिए, नयाँले एक्लै हिँडेर पनि सृजना गर्ने साहस देखाउनुपर्छ वा पालो पर्खनु पर्छ ...
#Pause
माया गर्ने मान्छे घर सम्मै पुग्छ
वास्तविक्ता सबै सामु झल्काउँछ
सबैलाई हो है भन्नेमा पुर्याउँछ
न झुट न कुनै दोधार न कुनै अड��चन
माया गर्नेले जसै आफ्नो बनाएरै छाड्छ
बिचै बाटो��ाट हात हल्लाएर को भाग्छ...
#लक्ष्मी
अरूका नयाँ–पुराना भ्रष्टाचारविरुद्ध बोल्ने माइक्रोसफ्ट म्यानले आफ्नै अध्यक्षको भ्रष्टाचारबारे चाहिँ किन बोल्दैनन्?
आफू 'टङ्क' हुने कि 'नौटङ्क' हुने? त्यो त उनकै हातमा छ…