उनी निडर छिन्
उनी साहसी छिन्
उनी बलियो छिन्
उनी मेहेनेती छिन ।
जीवनको आँधीमा
नझुकेको एक साहस हुन् उनी।
थकाइ लुकाएर मुस्कुराउने,
दुःख भुलेर सपना देख्न सिकाउने
प्रेरणा हुन उनी ।
त्यसैले त ,
मैले गर्वका साथ भन्न सक्ने
संसारको सबैभन्दा
शक्तिशाली नाम हुन उनी ।
आमा ।।