@RabindraMishra जब तपाईले संवैधानिक राजतन्त्रको वकालत शुरू गर्नु भयो त्यहीबाट तपाईको अधोगति शुरू भयो भन्ने बजारमा हल्ला छ सर । मलाई पनि कहिं न कहिं यो हल्लामा दम छ जस्तो लाग्छ ।
The deep influence of power and political clout on global institutions is evident in FIFA’s decision to confer a peace prize on U.S. President Donald Trump. #FIFA
सीमा र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीको प्रत्येक शब्दले राष्ट्रको आधिकारिक अडानलाई प्रतिनिधित्व गर्छ। “नेपालले पनि भारतीय भूमि मिचेको छ” भन्ने आशय व्यक्त हुने अभिव्यक्तिले ने���ालको स्थापित दाबीमाथि प्रश्न उठाउन सक्छ र कूटनीतिक रूपमा भ्रम सिर्जना गर्न सक्छ।
#balen
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले हामी नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठ्दै ��एका शंकाहरूलाई अझ गम्भीर बनाएको छ। #sudangurung
लोकतन्त्रको वास्तविक सौन्दर्य सत्ता होइन, जवाफदेहिता हो। प्रम बालेन शाह सम्मानित संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिनु भनेको लोकतान्त्रिक संस्कारको सम्मान गर्नु हो। संवाद, उत्तरदायित्व र पारदर्शिताबाट नै लोकतन्त्रप्रति जनताको विश्वास अझ मजबुत बन्छ।
हिजो मेरो WhatsApp अकाउन्ट ह्याक भएको कारणले गर्दा मेरा धेरै शुभचिन्तक, आफन्तजन तथा प्रिय मित्रहरूलाई असहज अवस्था सिर्जना हुन गएकोमा म क्षमाप्रार्थी छु।
यस घटनाबाट पर्न गएको असुविधाप्रति म दुःखी छु र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सावधानी अपनाउने प्रण गर्दछु ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कार्यगत स्वतन्त्रताका लागि कांग्रेससँगको भ्रातृ सम्बन्ध अन्त्य गर्ने नि��्णय गर्नु भनेको आफूलाई मूल आधारबाट अलग गरिनु जस्तै देखिन्छ। यस विषयमा गम्भीर रूपमा विचार गरेर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ।
कांग्रेसी साथीहरू!
अघिल्लो चुनावहरूको अनुभवलाई ध्यानमा राखौं। कांग्रेसले कांग्रेसलाई कहिल्यै धोका नदिनुहोस्। एकताभाव बनाई राखौं, र हाम्रो साझा लक्ष्यको प्राप्तिको लागि एकजुट भई काम गरौं।
जय नेपाल ।