सपना जलेको मान्छे , चोटले विछिप्त भएको जीवन!
धोका र स्वार्थपूर्त्तिको लागी गरीएक��� नाटकिय अभिनय !
को हो मित्र? को हो शत्रु ?
आफ्नैले जीवनमा अविश्वासको प्रस्ताव पास गरे पछी !
न मैले बुझे, न बुझाउन सके ।
मानवले मानवलाई गर्ने घात र घमण्डको परिणाम के हुन्छ भनेर !
#विश्वास अनी #घात
जब मान्छे आफ्नो धरातल विर्सन्छ!
न उ आफ्नो हुन्छन् , न पराई !
अर्थहीन ति तिता सम्बन्ध क़ायम रहनु वा टूटनूमा केही फरक पर्दैन!
जीवनको यात्रामा यी र ती मान्छे धेरै भेटिन्छ , तर ती सम्बन्धमा सदै सतर्क रहनू !
#यात्रा#अनी#जीवन
म बन्दी होइनँ
कसैको होइनँ
आफ्नै पनि होइनँ।
'हिजो'को पनि होइनँ
'भो��ि'को पनि होइनँ।
हिजोलाई अवश्य हेर्छु
भोलिबारे अवश्य सोच्छु
तर निर्णय आजको उँचाइबाट गर्छु।
म बन्दी होइनँ
मलाई बन्दी बनाउनखोज्ने सबै कुरा
म अस्वीकार गर्छु।
सबै कुरा धन होईंन #मित्र, केही कुरा मन पनि हो !
भरोसा र विश्वास छैन भने धन भएर के गर्नु !
यात्रा कष्टकर होस तर भरोसा नटूटोस !
कठीनाईको चांग लागोस तर #विश्वास नटुटोस !
नभाग्नू #संघर्षको यो मैदानबाट !
जीत र हारको समिश्रणनै जीवन हो , दुःखी नहुनू हारबाट !
टूटेको खप्पर अनि लूटीएको इज़्ज़त कहिले फ़र्क़दैन !
बिचार , भावना , त्याग र भरोसा नभएको मित्रता कहिले टिकाउ हुदैन!
भूल मानवबाट नै हुने हो , त्यो सचाउने क्षमता राख़्नु पर्दछ !
गन्तव्य बिनाको यात्राले कहाँ सफलता चूम्दछ !
सम्बन्ध सुमधुर हो���, भावना भन्दा पनि अटूट विश्वास होस !
न पैसा ठुलो थियो, न सम्पती मोह थियो !
मन, तन अनी विश्वासको एक कमी थियो !
न आशा ठुलो थियो, न घात सहने बानी थियो !
खोई मानिसले मानिसलाई बुझन नसकने यो कस्तो मानव नाता हो !
#मानव #भावना #सम्बन्ध #नाता
सम्बन्ध यती धेरै भएकी टिकाउनै गार्हो!
भावनामा यती बगीयो कि जीवन बुझनै गार्हो !
आफ्ना अनी पराई , केवल भनाईमा मात्र हो !
पैसा र सम्पंती नै भयों , सबैको प्यारो !
न जीवन छ, न अस्तित्व छ !
केवल यहाँ पैसा प्यारो छ !
#पैसा#जीवन#मानव#नाता#सम्बन्ध
रिस उठ्छ
रिस उठने कुरामा
रिस उठ्नु
स्वाभाविक हो
मानिसमा आवेग पनि त हुन्छ���
विवेकले सल्लाह दिएमा
रिस व्यक्त गर्न पनि हुन्छ
तर मानिसले कुनै पनि पाइला चाल्दा
आफ्नो विवेक भने गुमाउन हुँदैन।
हुन त मानिस विवेकशील प्राणी हो
तर अविवेकी काम थुप्रै गर्छ
विचार पुगोस्
शुभ होस्
समय र स्थान चिन
परिवेशलाई घ्यान देऊ
गन्तव्य ठम्याऊ।
आफ्नो शक्ति र साधन लगाऊ
बाटो उपयुक्त समाऊ
गति ठिक अपनाऊ।
तिमी नै कर्ता हौ
तिमी नै निर्माता हौ
गर्ने तिमीले नै हो।
म तिम्रो सफलता चाहन्छु
शुभ गर
सफल बन!
अभिवादन
दिन सुखद रहोस्
शुभ होस्
#सम्बन्ध त्यो होईन, जहाँ विश्वास र भरोसा भन्दा बढ़ी संका होस !
कर्म त्यो होईन, जुन फल र #नतिजा विहीन होस !
को आफ्नो , को पराई , यसको कुनै निश्चिता हुदैन !
सतर्कतानै विवेकी र बुद्धिमता हो , जीवनमा घटने घटनाको ���ुनगो हुदैन !
#जीवन एक #अनुत्तरित भोगाईं हो !
टूटन दिनुस, टूटने कुरा !
छूटन दिनुस, छूटने कुरा !
जे गरीन्छ , त्यही भोगीन्छ !
भोगाईं एक , जीवनी हो !
न कर्म, एक जीत हो !
न असफता , हार हो !
मानिसले मानिसलाई गर्ने ��ीच व्यवहार चाही !
मानव जातीकै हार हो , एक गलत अभ्यास हो !
#मानव #कर्म
न आर्थिक पार्टो सुद्धीकरण छ,न मित्रको नियतनै शुद्ध छ
गफले गर्छु भनेर भएन #मित्र, कर्मले गरेर देखाउनु पर्यों!
सहयोग गर्न सकीदैन,सिधै सकिदैन भनुस्!
म बाहिर भए,अलि कती ढीलो भयो,के नाटक गर्छौ!
यहाँ हरेकले झुकाउन र विश्वास माथी खेल्न सिकेका छन
त्यसमा तिमी एक थपीयौं,के फरक पर्यों र?
दिमाग निच���रिँदै छ
अनन्त दु:खहरुको चापले।
शब्द मानौँ
मनबाट निस्किएर
हराइरहेछ हावामा कतै
पानामा लेखिन तयार छैन।
विचार छ- तर अस्पष्ट छ।
स्मृति छ- तर धूमिल छ।
भाव छ- तर निरस छ।
लेख्नु छ- तर के छ?
त्रसित आँखा
त्रस्त मन..
फगत
झरीको फोस्रो बिलौना कति लेख्नु!
भन न
म अब के लेखौँ?
☺️