…✍️✍️
हिमाल, पहाड, तराई-मधेस' मेरो !!
हेर्दैमा उराठ लाग्ने परिवेश' मेरो !!
नयाँ युवा बिदेशी फेसनमा रमायो
हरायो "दौरा सुरुवाल" भेष' मेरो !!
पुर्खाको बलिदान र त्यागहरु सबै,
ईतिहासमै सिमित अवशेष' मेरो !!
राजतन्त्र मासेर गणतन्त्र ल्याउदा
गिद्द को हातमा पर्यो देश' मेरो !!🙏
अरुको जिन्दगी मा चिहाएर आफ्नो अमुल्य समय खर्च गर्नु भन्दा, त्यो समय आफ्नै बारेमा खर्च गर्न सिक्यौ भने धेरै समस्या हरु आफै घटेर जानेछन्! यहाँ हरु को दिन शुभ रहोस!!
रक्षाबन्धन तथा ऋषितर्पणी (जनैपूर्णिमा) को सम्पुर्णमा हार्दिक शुभकामना।🙏
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥🙌🙌
सामान्यतया १३ दिन को एक पक्षलाई विश्वघस्र पक्ष भनिन्छ। २०७८ सालमा भाद्र २३ देखि आश्विन ४ गते सम्म विश्वघस्र पक्ष परेको छ, यस्लाई विध्वंशकारक समयका रुपमा लिईन्छ र शुभकार्य (काम्यकर्म) वर्जित मानिन्छ।
विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। दशै टीकाको साईत असोज २९ गते शुक्रवार बिहान १०:०२ बजे (काठमाण्डौं)।
पशु बलि व्यक्तिको नितान्त व्यक्तिगत विचार हो, यस्को धर्म सँग कुनै पनि सम्बन्ध छैन्। मान्छेहरू ले आफ्नो स्वार्थ अनुसार शास्त्रको अप-व्��ाख्या गर्नु को उपज हो पशु बलि।।
...✍️
"दसैंको खर्च" र "जिम्मेवारी"
उस्तै उस्तै हुन् …!! बर्षै पिच्छे बढ्दै जाने !!
"दसैंको दक्षिणा" र "मानिसको आयु"
उस्तै उस्तै हुन् …!! बर्षै पिच्छे घट्दै जाने !!