Right To No Vote (Right To Reject) को प्रावधान मतपत्रमा उल्लेख नगर्नु भनेको जनतालाई जबरजस्ती उहीँ व्यक्तिलाई मत हाल्न बाध्य गराईनु हो । र यो बाध्यकारी नियम साँचो प्रजातन्त्र होईन ।
हाम्रा दाजुभाईहरू अर्कै देशको स्वाभिमानका खातिर एक-आपसमा लडेर मर्दैछन ।
तर नेपाल सरकारसँग आफ्ना कति नेपाली युवा, रूसी र युक्रेनी सेनामा भर्ती भएका छन भन्ने तथ्यांक समेत छैन ।
#NoNotAgain
यो तथ्यांकमा तपाईं हाम्रो नजिकका आफन्तजन पनि पक्कै हुनुहुन्छ । देशमा उचित रोजगारको अवसर हुन्थ्यो भने, यस्तो कहालीलाग्दो तथ्यांक पक्कै हुनेथिएन ।
#NoNotAgain
हामीले बुझ्नु जरुरी छ, विरेन्द्र र सुजनको लासमाथि राजनीति गरिरहेकाहरूले #मिसन८४ कसका लागि भन्दैछन ?
यहाँ जनता भोकै छन । गरिबी र बेरोजगारीको मारमा चपेटिएका छन । तर उनीहरू हाम्रो भोकको बिषयमा भाषण गर्छन र आफ्नो पेट भरिरहेका छन । जनताको भोकले एकदिन यिनीह��ूलाई खानेछ ।
#NoNotAgain
तथ्यांकअनुसार, हरेक बर्ष नेपालमा १५ बर्ष देखी माथिका ९ लाख ८ हजार जना बेरोजगार हुन्छन ।
त्यस मध्य का ���% ले मात्र नेपालमा रोजगारी पाउँछन् भने, बाँकी ९५% ले हरेक बर्ष रोजगारीको ��ोजीमा विदेशिनुपर्छ ।
#NoNotAgain
तर न देश सिंगापुर बन्यो । न देशमा रोजगार बैंक स्थापना भयो । बरू रोजगार माग्नेहरूलाई गोली दागियो ।
हामीलाई भ्रम छर्ने नेता हैन, काम गर्ने नेतृत्व चाहिएको हो ।
#NoNotAgain
आफ्नो चुनावी घोषणापत्रमा सबै पार्टीले रोजगारीको कुरालाई प्राथमिकताका साथ उठाएका छन । तर "चुनाव जित्यो, कुरा सकियो" भनेजस्तो गरिरहेका उनीहरू, यतिखेर आफ्नै घोषणापत्र बिर्सिरहेका छन ।
हामीलाई गफ गर्ने हैन, काम गर्ने नेतृत्व चाहिएको हो । #NoNotAgain
#RageAgainstCorruption
मिति : २०६० बैशाख ३०
समय : ११:०० बजे
स्थान : माईतीघर मन्डला, काठमान्डौ
देशभित्र अन्य ठाँउमा भईरहेका भ्रष्टाचारबिरोधी आन्दोलनहरुमा पनि आफ्नो ठाँउबाट सहयोग गर्नुहुन हामी अनुरोध गर्दछौ ।
हाम्रा दु:ख र आँसुहरुमाथि धावा बोल्नेहरुबिरुद्ध एकजुट हुने बेला भएको छ । भन्ने बेलामा "भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता" भन्ने तर टेबलमुनी हात लम्काउनेहरु जो जति छन, तिनीहरुलाई कठघरामा उभ्याउने बेला भएको छ ।
आउनुस हामी एकैसाथ आफ्नो आवाज बुलन्द पारौं ।
“नो, नट अगेन” तपाईहरु सम्पूर्णलाई आफ्नो ठाँउबाट आवाज शसक्त बनाउन र भ्रष्टाचार बिरुद्धको आवाजमा आफ्नो ठाँउबाट आवाज थप्न तपाईहरु सम्���ूर्णलाई अनुरोध गर्दछ ।
यदि तपाईंको क्षेत्रमा कुनै पनि उम्मेदवारले शक्तिको अनुचित प्रयोग गरि मतदानलाई प्रभावित पारेका छन भने हामी सार्वजनिक चाँसोका मुद्दा (PIL) मार्फत सर्वोच्च अदालत जान सक्छौं ।
#NoNotAgain
हत्या अभियोगमा जेल पर्ने डरले भागेका, चोरी अभियोगमा जेल बसेका, भ्रष्टाचार अभियोगमा अदालतमा धाईरहेका व्यक्तिलाई अब माननीय भन्नुपर्ने भएको छ । दलहरु हामीलाई किन बिकल्प दिदैदन ? किन चुनाव अभियुक्तहरुलाई चोख्याउने चोर बाटो बनिरहेको छ ?
#NoNotAgain
यी दुई फोटो त उदाहरण मात्रै हुन । सीमा पार गरेर आएका सामान बिक्ने तर आफ्नै देशका किसानको उत्पादन नबिक्ने भईरहेको छ । कृषिप्रधान देशमा कृषकहरुले श्रमको उचित मूल्य पाईरहेका छैनन । राजनीतिक संरक्षणमा कालोबजारी गर्ने बिचौलियाका कारण कृषक मारमा छन ।
#NoNotAgain