देशका मुखियाहरुले समृद्धिको प्यारोडी गाइरहँदा देशभर असारे विकासको साम्राज्य छ। अरुबेला ओल्लो टेबलबाट अर्को टेबलमा जान नमान्ने फाइलहरु अहिले ड्रोन शैलीमा उडिरहेका छन्। ५ नबज्दै आग्लो लाग्ने सरकारी अपिसका कर्मचारी रातभर जागा रहेरै पनि समृद्धिको लक्ष्य भेट्न मरिमेटेर लागेका छन्।