��ातृभूमिको अस्मिता र राष्ट्रिय स्वाभिमानको सौदाबाजी गर्ने लाचार शासकहरू र तिनकै बचाउमा ताली पड्काउने विवेकहीन भीड—यो देशको हितमा कदापि हुन सक्दैन ।
धन्��वाद !
आफू चुपचाप बस्ने र कोलेघाँडा मात्रै बजाउन चाहनेहरुले यो नक्शालाई नमाने नमान्नु । राष्ट्रियता र नेपालको संविधानका पक्षधर हामी सधैं सम्मान गरिरहनेछौँ । साहस गर्ने केपी ओली, शेर ब. देउवा, प्रचण्डलगायत नेतृत्वलाई सलाम छ ।
र,
भित्री रुप देखाएकोमा वर्तमान प्रधानमन्त्रीलाई धन्यवाद छ ।
आफ्नो खातामा अरुबाटै पैसा हाल्न लगाएर समाजसेवा गरेँ भन्नेहरुको भिंड भएको समाजले १ पटकमा करिब अर्ब बराबरको निजी लगानी गरि साँच्चै समाजसेवा गर्ने मीनबहादुर गुरुङलाई स्विकार गर्ला त ?
कि यस्ता व्यवसायीको सम्पत्ति खरानी नै बनाउने योजना छ अझै पनि ?
पहिला १ मिनेट बिजुली जाँदा सालो केटो र के-के जाति लेख्ने महान विद्वानहरू अहिले मिनेट-मिनेटमा जाने/आउने गर्दा ब्युँझै छन् कि कोमामा ? कुनै प्रतिक्रिया छैन त !
स्वास्थ्यको न्युनतम् ���ेवा मापदण्डमा वृद्धि:
गुराँस गाउँपालिका-८, नं. वडास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र धरमपोखरामा १० महिनापछि पुन: न्युनतम् सेवा मापदण्ड जाँच गर्दा थप २% सुधार (७४% बाट ७६%) भएको छ। २०७९, जेठमा ५१% रहेकोमा क्रमशः ५७%, ६३%, ६९%, ७४% हुँदै यहाँसम्म पुगेको छ।
नक्शाबाटै गायब गरिएको भु-भाग संविधान संशोधनमार्फत आधिकारिक रुपमा समेट्ने र भारतलाई कम्तिमा कुटनैतिक नोट पठाउने सम्मको आँट चाहिँ भएकै हो । चुट्की ��जाएर फ्याट्टै फिर्ता भने ल्याउन सकेनन् । फू... मन्तर गरेर सबै गरिदिने बाचा गरेका "भौमान र देवता"हरुले बाँकी काम अगाडि बढाउन सक्लान् ?
भारतीय विदेश मन्त्रालयकाअनुसार लिपुलेकको सडक मार्ग आवत-जावतका लागि खुला भएको छ । नागरिकले उपभोग गरेको भूमिलाई अतिक्रमणको संज्ञा दिएर महान डोजर क्रान्तिमा सरक्षा अंगको दलबलसहित लडाइँमा उत्रिएको सरकारले भारतले ३६ हजार हेक्टर भूमि अतिक्रमण गरेको देख्न नसकेकोमा दु:ख व्यक्त गर्दछु ।