किशोर श्रेष्ठ तिनै पत्रकार हुन जसले दरवार र सेनाभित्रका गोप्य विकारहरू जनतासामु ल्याने ल्याकत राख्थे। सबै शासनमा आँखाका तारो बने। राजा त तर्सिन्थे, जोक्करको के कुरा।
राज्य स्वयमलाई हुल्लडबाज मन पर्न थालेको छ। राजकीय औपचारिकतालाई लत्याउन थालिएको छ। यो अवस्थामा स्वभावतः पत्रपत्रिकाको ब्यानरन्युज यस्तो हुने नै भयोः
- राष्ट���रपतिले आफै छाता ओडे
- पिएमले चश्मा लगाए
- गृह मन्त्रीले बच्चा बोके
- खर्दारको सरूवा भयो
- कालादाईको स्वास्नी पोइल गयो
कसैलाई बचाउन् फसाउन मतलब भएन।
तर सफेद झुटको राजनीति किन गर्नु पर्यो?
मनमा अलिकति हरि भएको, अलिकति दिमाग भएको कसैले पनि त्यो स्तरको वार्तालापलाई नक्कली भन्न सक्दैन।
कस्तो राम राज���य हुन लाग्यो नेपालमा।
जवाफ नभेटिएका प्रश्नहरु-
-खगेन्द्रको घरमा राति नै किन छापा मारिएन?
-फोन तथा डिभाइस बरामद किन गरिएन?
-पीडित महिलालाई तुरुन्त सुरक्षा उपलब्ध गराइयो कि गराइएन ? (खगेन्द्रले रगत पिउन सक्छन्)
-खगेन्द्रको पार्टी र त्यसका नेताहरु बोले कि बोलेनन् ?
-खगेन्द्रले अरु कतिको रगत पिएका छन्?
यो सरकारले दुर्गा ��्रसाईं, चोलेन्द्र शमशेर लगायत दर्जनौंलाई पक्रियो । रातिराति घरमा छापा मार्यो । घरपरिवार सबैको फोन तथा इलेक्ट्रोनिक डिभाइस जफत गर्यो । तर, यो मान्छेकोमा छापा मारेन, यसको डिभाइसहरु बरामद गर्नुपर्ने हो कि होइन ?