राजनितीमा पुस्तान्तरण भन्ने कुरा विल्कुल गलत हो । राजनिती सिद्धान्त, निष्ठा र त्यागबाट उत्प्रेरित हुन्छ । यि कुराहरुले उमेर सँग कुनै तादात्म्यता राख्दैन ।
करीब दुई तिहाईको प्रधानमन्त्रीको राजीनामा माग्ने कुन ल्वाँठ हो ? ससदीय अंक गणित थाहा छैन भने नबोलेकै राम्रो । बाँकी रह्यो, अभिव्यक्तीको कुरो, दुई चार दिन पछि विर्सिने हो, तनाव किन लिएको ? "त्यो पर्दैन" ।
सरकार !! अलिकति पैसा चाहिएको छ, मुद्दा फिर्ता लिईदिने र मैले ठगेको पैसा तिरीदिने हो भने म पनि ठगेर अभाव टार्नु प~यो । के मेरो लागी सरकारले त्यति गरिदिन सक्छ ?
पार्टी भित्र अल्पमतमा परेका अध्यक्षको पीर कस्तो हुन्छ भन्ने जान्न मन छ भने पुष्पकमल दाहाल वा के पी ओलीलाई होईन के, रवी लामिछानेलाई सोध, बोरो ग्वाँ ग्वाँ रोईदिन बेर छैन ।
एक जना डेडिकेटेड रास्वपा कार्यकर्ताको भनाईमा अहिले हर्क साम्पाङ्गले सदनमा विरोध गरेको ओलीको ईशारामा हो रे, यिनीहरुको बुझाईको स्तरलाई सलाम । अझै यिनलाई लाग्छ ओलीको विरोध गरेपछि जनताले पत्याउँछन । कर्णालीमा कति पानी बग्यो रे ?
तानाशाहीले नै हो देश बनाउने, सयथरी मान्छेका हजारथरी कुरा सुन्ने हो भने देश बनाउने होईन बाँड्न थाल्नु पर्छ, शायद त्यसैले होला नयाँ सरकार ओलीपथमा तीब्र गतिमा हुँईकिरहेको छ ।
देशको राजनिती अहिलेको अवस्था सम्म आईपुग्नुमा आफ्नो भुमिकाका बारेमा दलहरुले सोच्न ढिला भो, अब परिणाम स्विकार्दै अघि बढ्ने र सापेक्ष परिवर्तनका लागि आफ्नो कार्यशैलीमा सुधार ल्याउने अन्तिम विकल्प हो, नत्र हामिले सुनेको डाईनोसर भावी पुस्ताले सुन्ला कि नसुन्ला भन्न सकिन्न ।
वास्तवमा सुशाशनको परिभाषा हुन्न रहेछ क्या, धेरै मान्छेले ताली बजाए सुशाशन, धेरै मान्छेले गाली वर्षाए कुशाशन । बाँकी काम भन्ने कुरो जो सत्तामा आए पनि हुने उहि र उस्तै रहेछ ।