KIIT मा फेरि पनि एकजना नेपा���ी बहिनीले आत्महत्या गरेकी छिन्। हिजो राति त्यहाँ अध्ययनरत विद्यार्थीबाट यो दुखद खबर प्राप्त गर्दा मन फेरि क्षत विक्षत भएको छ। अढाई महिना पनि भएको छैन प्रकृति लम्साल बहिनीको आत्महत्या र अहिले फेरि प्रिशा शाहको यस्तो खबर! प्रिशालाई हार्दिक श्रद्धान्��ली व्यक्त गर्दै बहिनीका परिवारलाई यस्तो दुखद घडीसँग जुध्न सक्ने हिम्मत मिलोस् भन्ने पनि प्रार्थना गर्दछु।
तर निकै नै गम्भीर प्रश्न छ – के KIIT जस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि सुरक्षित छन्?
दुई जना छात्राले आत्महत्या गरेका छन्। हिजो बेलुका नै एक जना भारतीय छात्राले आफू र आफ्ना साथीहरूले क्याम्पसको प्राङ्गणभित्र, विश्वविद्यालयको सुराक्षाकर्मीहरू कै अगाडि दुर्व्���वहार र चक्कु आतंकको शिकार बन्नु परेको कुरा लेखेकी छिन्। अझ अन्य विद्यार्थी भनछन्, अहिले त्यहाँको इन्टरनेटको नेटवर्कमा फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल नचल्ने बनाइएको छ। विद्यार्थीलाई सूचना आदनप्रदान गर्नबाट समेत वञ्चित गरिँदै छ।
प्रधानमन्त्रीज्य���, शिक्षामन्त्रीज्यू र परराष्ट्रमन्त्रीज्यू, तपाईंहरूको ध्यानाकर्षण गराउन पत्र समेत पठाएकी छु। कृपया विद्यार्थीलाई आवश्यक मानसिक तथा शारीरिक हरेक रूपमा सुरक्षित हुने वातावरण बनाइदिनु होला। नेपाल फर्कन चाहनेलाई फर्किन हर तरहले सहजीकरण गरिदिनुहोला। भारतसँगको यहाँहरूको सामिप्यताको तस्वीर राख्नुहुन्छ, अब विद्यार्थीकालागि पनि जिम्मेवारीबोध गरिदिनुहोला।
अभिभावकज्यू, छो��ाछोरीलाई नेपालमा पढाउन चाहनुहुन्छ भने नेपाली विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर (त्यहाँको पढेको साल यता पनि गणना हुने) सुविधा पनि उपलब्ध छ र यहाँ आवश्यक पर्ने कुनै पनि सहजीकरण गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न हामी छौँ नै। विद्यार्थीको पढाई प्राथमिकता हो तर त्यो भन्दा पहिले सुरक्षा महत्त्वपूर्ण छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभामा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई फास्ट ट्र्याकको निर्णयाबारे प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव पेस गरेकी छिन् ।
https://t.co/fI5DWJn38F
भारतको भोपालमा आज बिहानैदेखि नेपाली दाजुभाई दिदीबहिनीहरूसँग निरन्तर अन्तर्क्रियामा छौँ। नेपाल प्रतिको उहाँहरुको चिन्ता र माया अपार छ।
#India#Nepal#Bhopal@ToshimaKarkiDr
यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने ।
आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज ��िश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्।
भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??
हामीलाई तपाई जस्ता स्वास्थकर��मीमा गर्व छ डाक्टर ! जिवनमा , कसैलाई जिवन दिनुभन्दा ठूलो कुरा केही हुदैन । डोल्पा अस्पतालमा कार्यरत तपाई लगायत सबैलाई स्नेह र सलाम !
@paudelpradipNC
यहि मङ्सिर १६ गते सम्पन्न भएको स्थानीय सरकारको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट २६ स्थानमा उम्मेदवारी दिनुहुने सम्पूर्ण घन्टीवाहक उम्मेदवारहरूलाई मेरो व्यक्तिगत र समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु।
यस चुनावमा, हामीले क��ठमाडौंको वार्ड १६ मा जित हासिल गर्यौं र अन्य स्थानहरूमा पनि हामी निकै सक्रिय तरिकाले सहभागि भयौँ।
यस उपनिर्वाचनमले शहरमा मात्र होइन, गाउँगाउँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिती पुग्ने माहोल सृजना गर्यो। भनिन्छ नि, सुरुवात नै सफलताको पहिलो पाईला हो। अर्को ठूलो जमात संघर्षको सुरुआत गर्ने बारेमा अन्योलमा अलमलिरहँदा तपाईंहरूले हिम्मत जुटाएर यो यात्रा सुरु गर्नुभयो। सहभाग�� हुनुभयो। प्रतिस्पर्धामा उत्रनुभयो। तपाईंहरूको साहस र सहभागिताले आधा यात्रा पूरा गरेको छ।
यति मात्र नभई, भौगोलिक बनावट र सकसपूर्ण राजनितीले जगडिएका दुरदराजका गाउँ-गाउँमा पुग्न महिनौं लाग्न सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिचान र घन्टी चिन्हलाई तपाईंहरूको सहभागिता र सक्रियताले यो प्रक्रिया धेरै सजिलो र प्रभावकारी बनाएको छ। आज देशभरि पार्टीको विस्तारको वातावरण बनिरहेको छ, र तपाईंहरूको साहस र सहभागिताले यो परिवर्तनलाई बलियो बनाएको छ।
संख्यामा हार-जीत एक ठाउँमा छ , तर तपाईंहरूको संघर्ष र हिम्मतले समग्र रुपमा पार्टीलाई विजयी बनाएको छ। घन्टी चुनाव चिन्हमा परेको प्रत्येक मत एउटा सकारात्मक झिल्को हो जसले ८४ मा यो देशलाइ चुसेर खोक्रो बनाएका राजनितिक पार्टीलाइ लपेट्नेछ र देखाउनेछ समाजिक राजनैतिक र आर्थिक रुपान्तरण को निलो क्रान्तिले कोर्ने उज्यालो बाटो।
समग्र सत्ता दलबल शक्ति लागेर यो नयाँ पार्टीको घाँटी निमोठ्ने प्रयास भईरहँदा देशैभरिबाट घन्टी चुनाव चिन्हमा परेको प्रत्येक मतले हामीलाई "नडराउ राष्ट्रिय स्वतन्त्र पार्टी ८४मा तिमीले यो देशलाई दिशा निर्देश गर्नुपर्छ, नडराऊ, अघि बढ, लड, हामी जनता तिम्रो साथमा छौँ" भन्ने हौसला दिएको छ। सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूको हौसला र समर्थनले हामीलाई अहिले मात्र नभई भविष्यका दिनहरूमा पनि तयार रहन प्रेरित गरेको छ।
वडादेखि केन्द्रीय तहसम्मका घन्टी मित्रहरूले जसरी आफ्नै स्रोत, साधन र समय खर्च गरेर उपनिर्वाचनको प्रचारमा योगदान दिनुभयो, त्यसका लागि यहाँहरु सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। यसैगरि, पार्टीको निर्माण र विस्तारको नयाँ चरणमा हामी प्रवेश गरिरहेका छौं, र तपाईंहरूको निरन्तर सक्रियता र सहभागिताले पार्टीलाई अझ बलियो बनाउनेछ भन्ने विश्वास राख्छु।
मलाई विश्वास छ, हामी स��ै मिलेर परिवर्तनको यो यात्रालाई सफल बनाउनेछौँ।
अनि जिबिसँग camera छैन? किन एउटा vdo क्लिप बनाएर पठाउदैन यदि पिडित नै हो भने? किन fake हुनसक्ने इमेल मात्र पठाउछ? कतै जीबी तिनै पत्रिकाका अफिस भित्र त छैन? आफै अघि आएर बोलुन, तब बिश्वास गरौला, अहिले सकिएन 🙏🏻
साथीहरुले के बुझ्न पर्छ भने २०८४ मा रास्वपाले बहुमत सहितको एकल सरकार बनाउछ।
जन जनमा -मन मनमा रवि र रास्वपा छ।
काँग्रेस र एमालेको यो हद सम्मको नाङ्गो नाच ८४ मा जनताले भोट बाट बदला लिने छन्।
म चाहिं ढुक्क छु। 🔔🙏