माओवादि तर्फका सांसद कार्बाहिमा पर्दा एकथरी दगं छन, फेरी एमाले तर्फका कार्बाहिमा पर्दा अर्का थरी दगं छन्। कार्बाहिमा परेर मन्त्रि खानेको पनि छुट्टै रवाफ छ तर यी दुबै पक्षको राजनिति भने यो संकटको घडिमा मात्र हो, संकट टली सकेपछि यिनि न यता न उता हुने पक्का छ।
सिद्धान्त, पद्धति र सुशासनको तर्क गरेर नथाक्ने ने क पा नेता भिम रावल आफू मन्त्री पाउने भएपछी त न MCC को बारेमा बोल्छन, न त बामदेब कमरेडलाइ राष्ट्रिय सभाबाट मन्त्री बनाउने कुरा नै। सबै पद कै लागि त रहेछ नि, सोझा कार्यकार्ता चै जहिल्यै भ्रममा। कठै राजनिती ।
सानो शक्ति जता उस्कै हालिमुहाली हुने मेरो देशको राजनीतिमा आमूल परिवर्तन आउन अब त पार्टिलाइ बहुमत दिएर नि नहुने भयो, गुटको कुनै एकलाइ पो बहुमत दिनुपर्ने भयो, नत्र त गुटको सानो माच्छो जता पार्टिमा बहुमत उस्कै हुने पो भयो त।
सन्दर्भ- सानो माच्छोको घरमा रात्रिभोज