"गरी खान देऊ" नारासँगै उठान भएको 'बैकल्पिक राजनीति' साकार भयो तर "गरि खान दिदै दिन्नौं" प्रवृत्तिको चङ्गुलमा पुगेको छ। यसको समाधान तय गर्दै प्रथम महाधिवेशन सफल होस् ! रास्वपा 🔔 लाई शुभकामना 💐
मधेशमा रास्वपाभित्र कलहः पर्साबाहेकका जिल्लामा हुन सकेन अधिवेशन
पर्सामा निर्वाचनका लागि सहमति कायम भएर नेतृत्व छानिए पनि मधेशका अन्य जिल्लामा निर्वाचन नै हुन सकेको छैन। नेतृत्वका आकांक्षी धेरै भएपछि विवाद हुँदा अधिवेशन नै प्रभावित भइरहेको छ। @RiteshTr
https://t.co/f3kfKsZduF
पश्चिम एशिया युद्धका कारण रासायनिक मल आपूर्ति प्रभावित हुँदा धान उत्पादन घट्ने आकलनकै बीच यो वर्ष मनसुनमा पानी कम पर्ने अनुमान हुँदैछ। यी दुई कारणले कसरी निम्त्याउन सक्छ भान्सामा संकट?
@RiteshTr
https://t.co/xeGCVsXDzi
बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा लगभग पूरै सेलाइसक्यो। बारा, पर्साकै पारिपट्टि रक्सौलमा भने भारतले नेपाली यात्रुलाई केन्द्रमा राखेर सुविधासम्पन्न विमानस्थल बनाइरहेको छ। @RiteshTr
https://t.co/KGPkGPYAT0
रास्वपा सरकारले ल्याएको २१ खर्ब २४ अर्ब रुपैयाँको पहिलो बजेट उत्पादन वृद्धि, ७ प्रतिशतको आर्थिक वृद्धिदर, आईटी क्षेत्रमा नवप्रवर्तन, कर प्रणालीमा सुधार र सुशासन कायम गर्न केन्द्रित रहेको दाबी गरेको छ।
@RiteshTr
https://t.co/77qdM0cL8y
सार्वजनिक जग्गाको अतिक्रमण र अनधिकृत बसोबास हटाउन चन्द्रागिरि नगरपालिकाले १५ दिनको समयसीमा तोकेपछि चन्द्रागिरिकै नयाँ नैकापमा सिप्रदी ट्रेडिङले हडपेको बल्खु खोला क्षेत्रको विषय पुनः उठेको छ।
@RiteshTr
https://t.co/Kkc6kjNnZ2
जनप्रतिनिधिले गल्ती भएपछि यसरी स्वीकारेर सच्याउने हाे। गल्ती गरेपनि जनताका प्रश्नबाट भाग्ने, प्रश्न नै निषेध गर्ने र उल्टै साइबर ग्याङ उतारेर हमला गर्न लगाउने हाेइन!
युद्धका कारण रासायनिक मल आयात प्रभावित
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल शाखाले नेपालसँग दुई लाख टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको दाबी गरेको छ। तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग करिब एक लाख ५६ हजार टन मल मात्र भण्डारणमा छ।
@RiteshTr
https://t.co/Y0JTJFyofb
हामीकहाँ नेताहरू थुनिएका त छैनन्, तैपनि विस्थापितको मुद्दा उठाउने शेख अब्दुल्ला, हर्क साम्पाङ मात्रै हुन कि जस्तो देखिन्छन्। सञ्जयसामु सुभद्राले ५० वर्षअघि देखाएको जति हिम्मत आज रञ्जु दर्शनाहरूले देखाउन सकेका छैनन्।
https://t.co/708P9Mmq3k
नेपाली बजारमा आयातित केराको हिस्सा १२ प्रतिशत मात्र हो। अर्थात् आयात रोकिँदैमा केराको अस्वाभाविक मूल्यवृद्धि हुन्न। त्यसो भए किसानले प्रतिदर्जन ८५ रुपैयाँमा बेचिरहेको केरा बजारमा ३०० माथि कसरी पुग्यो?
@RiteshTr
https://t.co/XsqDhCl50L
नेपालले अस्वीकृत गरेको एसपीपी ब्युँतिन सक्छ?
अमेरिकी रक्षा मन्त्रालयबाट सञ्चालित एसपीपीबाट अलग्गिने निर्णय नेपालले तीन वर्षअघि नै गरेको थियो। तर नयाँ सरकार बन्दै गर्दा नेपालको सहभागिताबारे आशंका गर्न थालिएको छ। के हो एसपीपी, यसले के गर्छ? @RiteshTr
https://t.co/fPc0TXlzxO
कुनै बेला विदेशबाट आयात गरेको लसुन र पोस्त���दाना भारततिर चोरी निकासी हुन्थ्यो। त्यसपछि सुपारी, मरिच, केराउ र छोकडा तस्करी भयो। पछिल्लो समय खरबुजाको बीउ आयात गरेर भारततिर अवैध निकासी भइरहेको छ। @RiteshTr
https://t.co/4XqdCDdJsc
आयात गरी भारतमा स्मगलिङ गरी तीब्र गतिमा पैसा कमाइने वस्तुमा थपिएको खरबुजा/तरबुजाको बीउ! बार्षिक एकाध सय टन खपत भको देशमा गत आठ महिनामै झण्डै १२ हजार टन 'मेलन सिड' को आयात स्मगलिङकै लागि थ्यो!!
@RiteshTr@ukaalonews@SwarnimWagle https://t.co/bJRpLGk0EE