चाडपर्व सकिए पनि माया, सद्भाव र आत्मीयता कहिल्यै नसकियोस्। दशैंले दिएको खुसीलाई मनमा साँचेर नयाँ उत्साहका साथ कर्मपथमा अघि बढौँ।
आगामी दिनहरू सुखद र सफल रहून्।
प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । @ShahBalen
दुनियाँले तिमीलाई फूलजस्तै बन्न प्रेरित गर्छ। तिमी पनि फूलसरह नै बनिदिनु, तर सहजै चुँडिने बगैंचाको फूल नभएर, ती लेकका फूलझैँ बन्नु, जसको टाढैबाट सबैले प्रशंसा त गरुन्, तर चुँड्ने आँट कसैमा नहोस्। यति बलियो बन्नु कि तिमीलाई छुनुअघि नै जोकोहीले आफ्ना सीमा सम्झिउन्।
मुक्तक/प्रतिकूल :
'''"""""""""""""""
अहंकार नै विनाशको मूल भएको कुरा
समयमै बुझोस् पनि, भुल भएको कुरा
सबै क्षणिक रहेछन,धन, जवानी, दम्भ
तैपनि छोड्दैनन् प्रतिकूल भएको कुरा
#शुभ_दिन!
हर्न दिएको करिब दुई मिनेटपछि मात्र ढोका खुल्यो। कुनै मन्त्रीले आफ्नो निवासको गेट आफैँ खोलेको दृश्य मैले यसअघि देखेको थिइनँ। अर्थमन्त्रीको घरमा न त गार्ड थिए, न झन्डा। योग्यता र ��रलता एउटै व्यक्तिमा भेटिनु दुर्लभ गुण हो।
रामेश्वरजीलाई देख्दा यस्तो महसुस हुन्छ—राजकीय शक्तिले आफूलाई तामझामसहित प्रस्तुत नगरेर पनि, सरलतामै ओहदाको दायित्व निर्वाह गर्न सकिँदो रहेछ।
अनि, त्यो सरलताभित्र एउटा अनौठो प्राधिकार अनुभूत हुन्छ—न गाडीमा झन्डा राख्ने रहर, न घर–आँगनमा सुरक्षाकर्मी । लुकाउनु��र्ने खासै केही नहुँदा, सुरक्षाकर्मीको टुकडी नहुँदा पनि चल्ने रहेछ।
आज शनिबार। केही बेर बसेर हामी आ–आफ्नो बाटो लाग्यौँ। म घरतिर।
अर्थमन्त्री खनाल—बिना झन्डा, बिना गार्ड—गाडी आफैँ हाँक्दै प्रधानमन्त्री निवासतिर…
#Joy of Simplicity #जीवनका रंगहरु
सुझावहरु चपाउँदा औषधी झैँ तितो हुन्छ यसलाई त सुलुक्क निल्ने पो हो अनि मज्जाले प्रक्रियामा जान्छ पचाउन हजमोला खानु नै पर्दैन तर साइड इफेक्ट थोरै भयपनि महामारीबाट भने उम्किन सकिन्छ।
ब्यत्ति पतन भन्दा पनि खराब संस्कारको पतन गरौँ । आफु पदमा नह��दाँको छटपटीले अरुलाई काम गर्ने वातावरणमा खलल पुर्याउनु राम्रो काम बिल्कुलै होइन। राम्रो काम जुनसुकैले गरेपनि समर्थन गर्ने परिस्थिति सृजना गर्न भुमिका सबैले खेल्न जरुरी छ।