रियल जेन-जी
जुन peaceful protest मा थिए,अधिकांश कांग्रेसको समर्थनमा देखिए।
फेक जेन-जी
जुन looting & burning मा संलग्न थिए,घण्टि लिएर मैदानमा छन्।
Choice is yours people!!
गगन थापा कयौँ कमजोरी भएका साधारण मानिस नै हुन् तर आजको राजनीतिमा उनको सामु उभिएका धेरै पात्रहरूको तुलनामा भिजन, अभिव्यक्ति र बौद्धिक स्पष्टतामा उनी अरूभन्दा निकै उचाइमा देखिन्छन्। यो उचाइ दैवीकरणको होइन, विचारको स्पष्टता, तार्किक विचार र नेतृत्वको आत्मविश्वासको परिणाम हो।
@thapagk प्रति मेरो गहिरो सम्मान छ, उनले आन्दोलनको मर्म जोगाउन आफ्नै पार्टीभित्र रहेर बोल्न��� साहस देखाए! आन्तरिक बिद्रोह गरे ! त्यो पनि आफ्नो राजनीतिक भविष्य जोखिममा राखेर। बाहिरबाट विरोध गर्नु सजिलो हुन्छ, तर पार्टीभित्रै बसेर प्रश्न उठाउनु, असहज सत्य बोल्नु र सिद्धान्तका लागि उभिनु धेरै कठिन काम हो। इतिहासले सधैं सुविधा क्षणिक लोकप्रियता भन्दा सिद्धान्त रोज्नेहरूलाई सम्झन्छ, र यस अर्थमा उनले लोकतान्त्रिक मूल्य र सार्वजनिक जवाफदेहिता लाई व्यक्तिगत वा दलीय आरामभन्दा माथि राख्दै आफूलाई सही पक्षमा उभ्याएका छन्।
शक्ति हुँदा पनि आलोचना स्वीकार गर्ने र सुधारको प्रयास गर्ने नेतृत्व नै लोकतान्त्रिक नेतृत्व हो।
आज जब राजनीति धेरै हदसम्म लोकप्रियतामुखी र प्रदर्शनमा केन्द्रित बन्दै गएको छ, यस्तो बेला सुन्ने, सिक्ने, आत्मसमीक्षा गर्ने र संस्थागत सुधारमा विश्वास गर्ने नेतृत्व झन् आवश्यक छ। उहाँ���ो राजनीतिक अभ्यास perfect छ भनेर होइन, तर सिद्धान्तमा स्थिर, जवाफदेही र व्यवहारमा इमानदार भएको कारण सम्मानयोग्य छ। उहाँलाई हुने विजय उहाँ को व्यक्तिगत जितभन्दा बढी, लोकतान्त्रिक राजनीतिमा अझै पनि नैतिक साहसको ठाउँ बाँकी छ भन्ने आशाको प्रतीक होस्! उहाँ को जित विचार, लोकतान्त्रिक राजनीति र सिद्धान्तको सम्भावित जीत हुनेछ। विजयी भव! 🙏
तपाईं शुभेच्छुक तथा आम जनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परिक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ - तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईंको विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
जय नेपाल !
राष्ट्रिय झण्डा देशले बोक्ने हो दलले हैन भन्दा गाली गर्थ्यौँ नि, देख्यौँ हैन? तिमीहरूको देखासिखीमा लुटेराहरूले बोकेको! (लाज लागेन भनेर चैँ सोध्दिनँ, किनकि मलाई थाहा छ, लाज लाग्नेले आफ्नो फाइदाका लागि राष्ट्रिय झण्डा तिमीले झैँ भिर्दैन)😡😡
@sanuwa_ गगन दाइले मलाई केही गरेनन् होला, अझ क्षति नै गरे होलान्, तर व्यक्तिगत लाभ-हानीभन्दा पर सोच्दा के के गरे, कति जान्दछन्, कति समकालिनभन्दा विचार र नैतिक छन् भनेर सोच्दा म तिनीभन्दा अब्बल त के तिनको पचास प्रतिशत कमका पनि अर्को राजनीतिकर्मी यो देशमा पाउन्न। यो यथार्थ हो बाँकी बकबास!🙏
You are one of very few individuals in Nepal I really enjoyed having conversations with dai. But every man has a breaking point and you have been under evil gunpoint for way too long. ति खुच्चिङ भन्ने लाइ छोड्दिनुस, तपाईं के हो हामी सङ्गत ��र्नेलाइ थहा छ । तपाईं लाइ खुच्चिङ भन्ने भन्दा तपाईं को लागि दुखि हुने धेरै छौ ।