~खगेन्द्र सुनारका~ अनेक कमजोरी होलान्, छन् पनि । मलाई व्यक्तिगत रूपमा ���नी मन पर्दैनन् । अन्ट, सन्ट गरेर लाइमलाइटमा आएर चाउचाउमा कुपन परेजसरी संसद् छिरेका झनै घाँस लाग्छन् । तर ल���खा समितिमा उनले उठाएका प्रश्नहरू भने १००% जायज छन्। IGP लाई जननिर्वाचित संसद्ले प्रश्न गर्न नहुने हो ? प्रश्न सोध्दा किन कट्किनुपर्ने ? अमेरिका, बेलायतजस्ता देशमा संसद्ले सरकारी अधिकारीलाई कसरी प्रश्न गर्छ, जवाफ माग्छ र आवश्यक परे कडा आरोपसमेत लगाउँछन्, त्यो पनि हेर्नुपर्छ। प्रश्न गलत होइन, जवाफदेहिता लोकतन्त्रको आधार हो 🙏🙏
यो कुनै आरोपको विषय होइन ।
करिब दुई तिहाई बहुमतसहित मुलुकमा नयाँ सरकार बनेपछि अर्थतन्त्र उत्साहित हुनुपर्नेमा मुर्झाएको छ । कुनै पनि आर्थिक सूचकांक उत्साहित छैनन् । 'संसार बुझेका' भनेर महिमामण्डन गरिएका अर्थमन्त्रीको बजेटले नागरिकको उत्साहमा पानी खन्याएकै छ, त्यस उप्रान्त बजार निराश छ । बजार अर्थतन्त्रको वकालत गर्नेहरुकै बेलामा बजार सुस्ताएको छै, सरकारप्रति विश्वास गर्न सकेको छैन ।
शेयर बजार निरन्तर घटिरहेको छ । बजेट आयो- शेयर बजार घट्यो । मौद्रिक नीति आयो- झन् घट्यो । न कुनै विदेशी लगानी आएको छ, न कुनै अनुदान नै ।
यसबीचमा सरकारले गरेको एउटै काम हो– लगातार विदेशी ऋण लिनु । 'मागी-मागी बाबजी घी खाता है' बाहेक वर्तमान सरकारले सय दिनमा केही काम गर्न सकेन ।
सर्वत्र राज्य–आतंक छ । स्वेच्छाचारी गिरफ्तारी तीब्र बनेको छ । पार्टीभित्रै पनि आतंक सिर्जना गरिएको छ । राज्य कब्जा गर्ने र तर्साएर शासन गर्ने सोच स्वयम्मा कति प्रत्युत्पादक हुन्छ भन्ने उदाहरण धेरै टाढा छैन । नेताहरुमाथि निराधारा आरोप लगाएर पक्राउ गर्ने, मिडियालाई त्रासमा राख्ने, त्रास–धम्कीका भरमा राज्य चलाउने कुराले सबभन्दा बढी घाटा स्वयम् त्यस्ता व्यक्तिलाई पर्दछ ।
सत्ता र शक्ति अस्थायी हुन् ।
आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित रहे��ो देखिन्छ ।
यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।
यो किन पनि भने, त्��सरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।
जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ— मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइरहेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !
हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा �� ।
यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।
तर सूत्राधारहरुले कस्तो नबुझेको— यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !