आज बुद्धबार असोज ७ गते विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन स���्ने पूर्वानुमान गरिएको छ।
साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक ��वरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।
साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अ���नाउन अनुरोध छ ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरिन्छ ।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्पूर्ण नागरिकला�� सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना।
नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्।
शुभेच्छासहित स-प्रेम शुभकामना
देशमा कुशासन होइन सुशासन क़ायम होस्। अपराधीले संरक्षण र पीडितले न्यायको भिख माग्दै हिड्नु नपरोस्। अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्ने सामान्य कुरा देशका ठुलाबडा भनिनेहरुले बुझिदिउन्। कुराले होइन कामले मात्र समृद्धि आउनेछ।💙🙏
#संविधान_दिवसको_शुभकामना
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू भन्नुहुन्छ➖ म प्रस्ट भन्छु: यो सुरुवात हो , अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन् , झन् धेरै छन्। विकासको लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ।
संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा हार्दिक शु���कामना व्यक्त गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दछु।
कुनै पनि देशको संविधान अक्षरहरूको सँगालो मात्र नभई, राज्य र नागरिकबीचको पवित्र करार हो। यद्यपि, नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन सकेको छैन। लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्रमार्फत नै नागरिकको मुहारमा खुस�� र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको छ।
हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्। संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।
बेथिति र कमजोरीलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन नै आजको दिन हो।
बलियो राज्य भनेको बलिया संस्था हुन्। संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आम नागरिकलाई आआफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्। सबैको जय होस्।
जय देश। जय घण्टी।
प्रिय Gen-Z,
तिम्रो बलिदानीबाहेक देशले अहिलेसम्म अरू के पायो र?यदि कुनै दिन यो देश तिमीले सपना देखेजस्तो बनेछ भने, म सुटुक्क तिम्रो सपनामा आएर सुनाउनेछु। यदि बनेन भने, म विपनामै तिमीलाई भेट्न आउनेछु।🙏
देशका ल���गि तिमीले थापेको छाती आकाशभन्दा फराकिलो थियो।हार्दिक श्रद्धासुमन!🙏😥
ओलि,देउबा र प्रचन्ड प्रधानमन्त्री हुदा राष्ट्रसङ्घ महासभा लगभग उठ्ने बेला १०७औँ पालोमा आउने रेच तर बालेन शाह आउने भने पछि संयुक्तराष्ट्र संग ले शुचि नै परिवर्तन गरेर १७ नम्बरमा राखेको छ कार्टुन तिर मात्रै होइन काङ��ग्रेस,एमाले र मावोबादि का झोलेहरु समाचार पनि हेर्ने गर !!
@55Kthm@NepalPoliceHQ सुर्खेत मा पनि छ !! कर्णाली प्रदेश पञ्चपुरी नगरपालिका–५ पहिलेको बावियाचौर गाविस क्षेत्र हो, जहाँ अहिले इलाका प्रशासन कार्यालयसमेत रहेको छ।
बिगतमा त्रिशूली नदीमा लेदो सहितको पानीको भेलले दुइ���टा बस बगाउदा हराएको बस खोज्न चुम्बकको डल्लो दिएर सुरक्षाकर्मीलाई खोज्न पठाउनेको झोलेहरुले अहिले प्रविधिका बारेमा पाठ सिकाउँदा तपाईहरुको कन्चट तातिदैन ?
सारा दोष दर्बारमाथी देखाएर, १७ हजार जनता मार्ने आतंककारीहरुलाई खुलमखुल्ला छोड्दिने- मनमैजी गर्न दिने, समाजलाई त्रास, डर, भयमा राख्नेहरुल�� नै ऐले फेरी केही कामेंट्स हरु देखाएर पानीमाथीको ओभानो देखिन खोज्दै रहेछन?
३८ भोटे निशा अधिकारीको पछि लागेर पार्टीले विज्ञप्ति जारी गर्दै सांसदको भुमिका भन्दा बिल्कुल फरक ईन्जिनियरका रुपमा रसुवा गएका श्रीराम न्यौपाने र सागर ढकाललाई फिर्ता बोलाउन जुरुरी थिएन। पहिले तिनै ब्यक्ति एक्सपर्ट भनेर पार्टीमा ल्याउने, अहिले यसरी सार्वजनिक रुपमा अपमान गर्न मिल्छ?