तिमी आउनु उसै गरेर,
टकटक हिलमा
कालो, सिल्के कपाल फिजाएर,
टक्क कालो चस्मा
हिड त्यही बाटो,
त्यही पिपल चौतारी भएर,
अनी लुट मेरो तन मन
सबै लुट,
म लुटिन चाहन्छु,
तिम्रा नसालु नजरबाट
म घायल हुन चाहन्छु।
आज, यौवनले सीमा पार गरिसकेको छ।
रोमांटिक मुक्तक।।
छोरी देउन भनेर सरण पर्न चान्स मिलेन
भगाएर कसैको सिउँदो भर्न चान्स मिलेन
छोरा छोरी दर्जनै पुग्थे होला सायद, तर!
जवानी लाई लगानी गर्न चान्स मिलेन https://t.co/fgJtTcMy29
मुक्तक!!
विकास कै लागि युद्ध लड्दा विकास भएन।
टुक्की बालेर बिजुली पढ्दा विकास भएन।
बच्चा छदा देशकै लागि केइ गर्छु भन्नेहरुले,
आज ठूला ठूला पद चढ्दा विकास भएन।
मुक्तक!!
माया गर्ने लेनै प्रतिकार गरेको छ मलाई।
नजर भेदी तिरले प्रहार गरेको छ मलाई।
न्याय पाउन कुन अदालत धाउनु पर्ला ?
ति आँखाले बलत्कार गरेको छ मलाई।।१
रोमान्टिक, मुक्तक!!
मेरो मौनताको अनसन छोटो हुँदै छ।
उमेर घुमी घुमी जीवन छोटो हुँदै छ।
ऊनी बढेर ठूली ठूली भइसकिन, तर!
उनको पहिरन, मेरो मन छोटो हुँदै छ।।१