“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दि��’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
आफ��नो मान्छे मर्दा कस्तो हुन्छ भन्ने कुरा तिमीले आफ्नै बुबा बित्दा मात्र बुझेको होला। अहमता र अराजकताले अन्धो र अज्ञानी बनेको तिम्रो मस्तिष्क अब जेलमा अलिअलि धर्म गरेर भए पनि सफा बनाऊ।
सरकार, कृपया उसलाई मन्दिर नजिकैको कोठरी देऊ!
प्रश्न :सकिनु भनेको रित्तिनु हो र ?
उत्तर: होइन , फेरि भरिने सामर्थ्य राख्नु हो।
प्रश्न: भरिने चाहना नि भएन भने
उत्तर: अब चाहना खोज्यो भने त बाहनाहरू आफैं हराउँछन् !
प्रश्न: त्यसोभए कोही जाँदैमा एक्लो हुँदैन मान्छे ?
उत्तर: एक्लो त हुँदैन। तर एक्लै हुन्छ। 🥺❤️🩹