अर्थमन्त्री @SwarnimWagle ले जारी गर्नुभएको "नेपालको वर्तमान आर्थिक स्थितिपत्र" सापेक्ष रूपले सकारात्मक छ।
नेपालको अर्थतन्त्र समग्र आकार, विकासको गति, वितरणको अवस्था, वातावरणीय सन्तुलन आ��ि सबै प्रमुख सूचकांकको हिसाबले दशकौं देखि विश्वका अन्य देशहरूको तुलनामा भर्यांगको करीब पुछारमा रहदै आएको सर्वविदितै छ र यो स्थितिपत्रले पनि त्यही तीतो सत्यलाई स्वीकारेको छ।
तर दीर्घ रोग क्यान्सर नै हो भन्ने पहिचान भैसकेपछि फेरि उपचार चाहिं पुरानै झारफुक र धामीझाँक्री विधिकै गर्ने कि आधुनिक प्रविधि सहितको शल्यक्रिया गर्ने भन्ने अबको निर्णायक प्रश्न हो।
अत्यधिक बहुमत सहितको एकल सरकार हुनाले यसलाई विगतमा अरू कसैले गर्न नपाएको वा गर्न नसकेको ऐतिहासिक काम गर्ने अवसर प्राप्त छ। त्यो भनेको अब अर्थतन्त्रलाई सर्प झैं घस्रने वा क्रमिक सुधारको रूपमा हैन भ्यागुतो ��ैं उफ्रने वा गुणात्मक फड्को हान्ने (Take-Off or Great Leap) रूपमा अघि बढाउनु हो। विश्वका उत्कृष्ट विश्वविद्य्लयबाट विकास अर्थशास्त्र र अर्थ-राजनीतिको गहन अध्ययन गर्नुभएका विद्वान अर्थमन्त्रीलाई त्यसवारे पर्याप्त जानकारी छदैंछ।
वहाँवाट आगामी बार्षिक बजेट मार्फत् त्यस्तो साहसिक पहल हुनेछ भन्ने अपेक्षा सहित विगतमा पनि मैले निरन्तर अरण्यरोदन गर्दै आएको तर सबैले एउटा कानले सुनेर अर्को कानले उडाएको आर्थिक फड्को सम्बन्धी आफ्नो पुरानो लेखको प्रमुख अंश यसैसाथ सम्प्रेषण गरेको छु।
यो सैद्धान्तिक अंश पछि अर्को क्षेत्रगत संरचनात्मक परिवर्तनवारे लेखको किस्ता पनि प्रेषित गर्नेछु।
रास्वपाको चुनावी वाचापत्रको बुँदा नं १६ ��ा सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने उल्लेख छ । तर पद सम्हालेको एक सातासम्म सार्वजनिक भएको छैन ।
#onlinekhabar #
https://t.co/3DKsQNsthN
बहुदलीय लोकतन्त्रमा सबैले आवधिक निर्वा��नमा आफु सम्बद्ध पार्टी र त्यसका उम्मेदवारको बढाइचढाइ बखान गर्नु र उसको पक्षमा भोट माग्नु स्वाभाविक हुन्छ! त्यसलाई अन्यथा भन्न मिल्दैन।
परन्तु केही व्यक्तिहरू दलीय घेराभन्दा माथि उठेर समर्थन र मतदान गर्न योग्य र आवश्यक हुन्छन्। यसपटकको निर्वाचनमा पनि त्यस्ता व्यक्तिहरूको पहिचान हुँदै जाला।
मैले यस पटक ठम्याएका त्यस्ता केही व्यक्तिहरूमध्ये एक कैलाली-१ का प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party (प्रलोपा) का उम्मेदवार डा. जनकराज शाह हो।
सुशासन र समृद्धि मुख्य राष्ट्रिय एजेण्डा र आवश्यकता बनेको वर्तमान सन���दर्भमा वहाँको विशिष्ठ बौद्धिक र पेशागत दक्षता, आर्थिक तथा व्यवस्थापन क्षेत्रको नीतिनिर्माण र कार्यान्वयनको लामो अनुभव, राजनीतिक सुझबुझ र गतिशीलता, कुशल जनसम्बन्ध, निष्कलंक छवी आदि गुण देशको संसदकोनिम्ति ज्यादै उपयोगी हुनसक्छन्।
मेरो छोटो अर्थमन्त्री र प्रधान���न्त्री कालमा वहाँले निर्वाह गरेको महत्वपूर्ण भूमिका र नजिकबाट चिनेको आधारमा पनि मैले यति भन्ने धृष्टता गरेको हुँ।
सबै दल र सम्बन्धित क्षेत्रका मतदाताहरूको ध्यान जाओस्।
#highlight #VoteForJanakRajShah #Kailali-1 #VoteForEye
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।
https://t.co/lSLhsqmd8X?
गोरखा-२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह 'खुलेको आँखा' लिएर उम्मेदवारी ��िने निर्णयमा पुगेको छु। सबैबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गर्दछु। #अबआँखाखोलौं #Gorkha2
“नयाँ परिस्थिति, नयाँ संकल्प, नयाँ राजनीति”
We are making serious efforts to bring together all progressive democratic people/movements to create a solution-oriented inclusive political team.
We look forward to your suggestions & active support.
आउनुहोस् हातेमालो गरौं !
हामीले बनाउने पार्टीको अध��यक्ष बाबुराम र जनार्दन बाहेक अरू नै हुन्छ– सुदन किराँती
***
अब पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा नेता सुदन किराँतीसँग कुराकानी गरेका छौं —
BY: @bishnubk_
https://t.co/Z2hSd9MOV7