समयको चक्र चल्दै जान्छ यहाँ,
कहिले दिन आउँछ त कहिले रात पर्छ,
धैर्य गर न ए मन,
आज तिम्रो दिन छैन त के भयो,
मिहिनेत जारी राख,
भोलि पक्कै तिम्रो पालो आउँछ...✍️
#बुनि_बुनि_याद
थकित भएर साँझमा
तिमी घर फ���्किंदा
सितल चाँदनी देख्न पाउनु तिमीले
आँखामा सपना र
ओठमा मिठो मुस्कान बोकी
थकान बिर्सिने
एउटा न्यानोपन पाउनु तिमीले
बाहिर जतिसुकै
कोलाहल र हतार भए पनि
भित्र आफ्नै संसारमा
सुकुन पाउनु तिमीले
हरेक साँझ एउटा
नयाँ उमङ्ग भेटाउनु तिमीले....❣️
#शुभ_संध्या🥰🙏
माया कति गर्छौ नसोध प्रिय,
कैयौं दिनहरू तड्पिएर बिताएको छु!
प्रेमको प्रमाण कस्तो हुन्छ नसोध सानी,
कैयौं रातहरू आँसुमै कटाएको छु!
प्रेम तिमीसँगको अलौकिक र कञ्चन छ,
त्यसैले त हर पल छ���्पटीमै बिताएको छु!
कसरी सम्झाउँ, कसरी बुझाउँ?
तिम्रो विना हर दिन कालरात्री बनाएको छु!
🙏😘😥