यस विधिलाई जलनेती भनिन्छ l यो आधा लिटरको भाँडोको पुरै नुनिलोपानी नाकको दाहिले प्वालवाट हाल्ने र देब्रे प्वालबाट निकाल्ने अनि अर्को आधा लिटर हल्का नुनिलोपानी देब्रे प्वालवाट हालेर दाहिने प्वालवाट निकाल्दै नाकलाई पखाल्ने गर्छु l र यो विधिको प्रयोग मैले हप्तामा ३ पटक गर्ने गर्दछु l
मेरो खाना
भिजाएको जै (Oat), आलसको धुलो, नरिवलको धुलो, कोको (Cocoa) को धुलो, फर्सीका बिँयाहरु, चियासिड, भिजाएका काजु, बदाम, पिश्ता, ओखर, अञ्जिर, मुनक्का ईत्यादी र रसायनमुक्त प्रशस्त फलफुलहरु छन l यहिँ नै खाना मेरो दिनभरीको लागि पूर्ण खाना हो,जसमा नुन र चिनीको मात्रा शुन्य हुन्छ l
आकाश र हिमालको फेदीमा अवस्थित कन्चन जलसागरमा रमाईरहेको एक यात्री अर्थात "म" l जल यात्रामै रहँदापनि साक्षीस्वरुपमा यी सवैलाई नियाल्दाको आनन्द अवर्णित नै हुन्छ l