नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको निर्णय विपरीत कृष्ण प्र. सिटौलालाई राष्ट्रिय सभाको उमेदवार बनाउने प्रस्ताव गगन/ विश्व ले गर्नु भएको थियो। बी. बी. को प्रश्नमा गगनजीको भनाई थियो, "अपवादको नियम लागेको" ।
त्यस्तो गरि बनाएको मानिसलाई अहिले किन हटाइएको ?
पार्टी एकताको लागि हो?
राज्य सञ्चालन कसैको वा धेरैको इच्छामा मात्र हुँदैन,यसका आफ्नै बिशेषता र मौलिकता हुन्छन् ;तसर्थ निर्वाचन हुन्छ। निर्वाचनलाई राष्ट्रिय जितमा रूपान्तरण ��र्ने जिम्मेवारी मतदाताको हो।
जय नेपाल ।
काङ्ग्रेसले आफ्नो अधिवेशनको मिति तय गरेको छ। यसलाई समुन्द्र मन्थनको रूपमा लिनु पर्दछ।त्यसबाट प्राप्त उर्जाको तागतमा फागुन २१ हुने निर्वाचनमा सम्पुर्ण एकताको साथ सहभागी हुनु पर्द्छ।
हेक्का रहोस् ,विष पान गर्ने महादेव पनि चाहिन्छ नी!
सबैको जय होस��� - जय नेपाल ।
जनताले मन नपराएका नेताहरू नबोली दिनुस् ,
यसले लोकतन्त्र बलियो हुने छ।
राष्ट्रिय दौडाहा नगरिदिनुस,
यसले समाजमा शान्ति कायम हुने छ।
पत्रकार मित्रहरू उहाँहरूलाई नखिच्नुस, नदेखाउनुस।
यसले देश कै भलो हुने छ,
यसमा तपाईंहरू को को पर्नु हुन्छ?
आफै मम भन्नुस् ।
जय नेपाल ।
निमन्त्रणा
ऐतिहासिक नेपाली चलचित्र 'नालापानी' को विशेष प्रदर्शनमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०८२/०४/२३, शुक्रबार
समय: अपराह्न ४:०० बजे
स्थान: नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग
निमन्त्रक:
रिमेश अधिकारी
निर्माता/निर्देशक, 'नालापानी'
9851047339
वी पी स्मृति दिवसको निमन्त्रणा
1) "देश विकास र ��ेशवासीको उन्नतिको आधार : वी पी विचार" गोष्ठी
प्रमुख अतिथि: श्री शेर बहादुर देउवाज्यु
2) रक्तदान कार्यक्रम 9851016258
3) निःशुल्क स्वास्थ परीक्षण
4) "नालापानी" को विशेष प्रदर्शन
भाद्र ६ गते, बिहान ८ बजे
वी पी अस्पताल, वसुन्धरा
आमालाई श्रद्धापुर्ण स्मरण गरियो। धर्तीका सबै आमाका प्रति मेरो उच्च सम्मान छ। प्रत्येकले आफ्नी आमालाई जस्तै अर्काकी आमालाई पनि सम्मान र आफ्नी जिवित आमाको आदरपुर्ण हेरचाह गर्न सके संसार सुन्दर हुने छ।
चेतना भया!