' हाम्रो बिजनेस ग्रुपले तीन पुस्ताका नेताको सेवा गरेको छ। अब चौथो पुस्ताको पनि गर्नेछ।'
पुराना नेताहरू अचानक विकृत हुँदैनन्। नयाँको खराबी पनि तुरुन्त प्रकट हुँदैन। मेरो मनमा एउटा प्रश्न बेलाबखत आउँछ। त्याग, तपस्या र बलिदानको यत्रो लामो बाटो तय गरेर आएका नेताहरू कुन प्रक्रियाबाट, कसरी भ्रष्ट भए?
मेरा एक परिचित छन्। केही दिनअघि गर्वसाथ भन्���ै थिए—
‘हाम्रो बिजनेस ग्रुपले तीन पुस्ताका नेताको सेवा गरेको छ। अब चौथो पुस्ताको पनि गर्नेछ।’
जसरी पुराना नेताहरू सुरुमै एकाएक गलत पथमा दौडिन सिकेका हुँदैनन्, त्यसैगरी नयाँ नेताहरू पनि अचानक खराब हुँदैनन्। बिस्तारै कुहिँदै जान्छन्।
शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ कि? मान्छेभित्रै भ्रष्टताका तत्व जन्मजात लुकेका हुन्छन् ? वा भनौ- शक्तिले मान्छे��ित्र लुकेको भ्रस्टतालाई बाहिर निस्कने मौका दिन्छ?
मान्छेको जन्मजात गुण भ्रष्टता हो कि इमान्दारी ?
किशुनजीजस्ता नेता अपवाद हुन् कि नियम हो ?आजको युगमा किशुनजी जस्ता मान्छे राजनीतिमा आए, के समाजले उनलाई नेता बनाउथ्यो ? मान्थ्यो ? किनभने हर युगले आफ्नो औकात र समय अनुसारको नेता पाउछ ।
मान्छे बदलिन्छ कि समय बदलिन्छ? समाजले नेता बनाउछ कि नेताले समाज ? यी गहिरा सवाल हुन्। पत्रकारिता विधालाई ��्यो गहिराइमा पुग्न, असंम्भव नभए पनि, निकै मुश्किल नै हुन्छ। साहित्य वा दर्शनले मात्र जीवनका गहिरा सवालहरूको अथेन्टिक जवाफ दिन सक्छ।
#वैश्ययुग र गणतान्त्रिक वंशवादको संयुक्त मोर्चा 😅
#अनकट
रबि र बालेन मिलेपश्चात् वैकल्पिक शक्तिको आगमन भएकोछ, जसले आगामी चुनावमा पुराना शक्तिहरुलाई निकै अप्ठेरो पार्ने लगभग सुनिश्चित् छ । यो नराम्रो पटक्कै होइन, तर एउटा टिप्पणीः
सात बुंदे सहमतिमा बुंदा नंबर ४ ले कु���्षिप्रतिको मोह झल्काउंछ । अनि मेरो मनमा शंका उब्जिन्छ- पुराना शिर्ष नेताहरुलेपनि बिगतमा गरेका अनगिन्ती सहमतिहरु यस्तै पद केन्द्रित नै त थिए नी ! फरक के त ?