‘हामीले इतिहास पनि सम्झनुपर्छ । २०१९ साल र २०४७ सालको संविधानमा नेपाललाई हिन्दू अधिराज्य भनेर उल्लेख गरिएको थियो । त्यसैले राज्यको धार्मिक पहिचान मात्र परिवर्तन हुँदा जनजीवन स्वतः परिवर्तन हुँदोरहेनछ भन्ने इतिहासले पनि देखाउँछ ।’ https://t.co/RBERxp4q0R
‘आज युवाहरूलाई घृणाको मादक विष दिइँदैछ । नेपालमा पनि यो शुरू भइसकेको छ । राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) ले धेरै मिहिनेत गरिरहेको छ । उनीहरूले नेपालका नागरिकलाई पनि त्यही दिशातर्फ लैजान खोजिरहेका छन्’ : हर्ष मन्दर https://t.co/NRCwZoNoMv
धर्मको उद्देश्य कल्याण हो भने; ऋचा/सुत्त/पद/अयात... बुझेको कसैले अरूउपर अहम् र मपाइँत्व लाद्न खोज्दैन । हिंसा त गर्दै गर्दैन ।
यस्तो दिन नआओस् - हामी सबै The Madman ले झैँ दिउँसै लालटिन बालेर ईश्वर खोज्न कुदौँ !
Blue Bus को अपार प्रचारपछि :
यो सरकारले समाजबाट विभेद हटाउँदैन, समाजलाई नै भेद गरिदिन्छ ।
उस्तै - गरिबी होइन, गरीब नै हटाइदिने !
होल्डिङ सेन्टर क्या त !
नगर प्रहरीले कतै भुइँमान्छेले बेच्न ल्याएको काफल खोसेर फ्याँकिदिएको दृश्य चर्चामा छ ।
कुनै दिन सुगर र प्रेसरले फुटपाथमा ढलेको बिरामीको घाँटी थिच्न नगर प्रहरी आउन सक्छ । मान्छेविरुद्ध मान्छेलाई शासकले नै अमानुष बन्न प्रेरित गरेपछि हुने यस्तै हो ।
#बाँच्नदेसरकार !!!
पत्रकारको साख सोस्ने तीन `ब्ल्याकहोल´ :
१. दलीय नियुक्ती
२. कोटाको र प्रायोजित पुरस्कार
३. नेता, व्यापारी र दूतावासले गराउने विदेश भ्रमण ।
(हुन त यो व्यक्तिगत रुचिको बाटो पनि होला ।)
जनताले जबसम्म दैनन्दिन यात्रामा पुरानै सकस भोगिरहन्छन्, तबसम्म शासक फेरिनुको कुनै अर्थ रहँदैन । दीर्घकालीन परिवर्तन निम्ति काम थाल्ने हो, नागरिकको दैनन्दिन सहज बनाउन आवश्यक कदम तत्काल चाल्ने हो ।
नागरिकलाई ��ुवा नेतृत्वको नयाँ सरकार आएको महसुस गराउनू । शुभकामना !
बोकेका एम्बुलेन्स शहरका चोकचोकको ट्राफिक जाममा र गाउँदेहातका कच्ची बाटोमा साइरन बजाउँदै रोकिइनु पर्दैन नि ?
उल्लेखित धेरै काम गर्न कुनै रणनीति या कार्यदल बनाउनु पर्दैन । मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, प्रविधि प्रयोगमा तदारुकता, LEA को सदुपयोग र नियमन आवश्यक छ ।म