चुनाव सुनाप लडेर केही होला जस्तो छैन । लडाईँ ब्यक्तीगत रिसईवी मा पुगेपछी सिधै सिङ्गल सिङ्गल भिडौं । कम्तीमा पनी यी दुई पुस्ता नसकी केही हुन्न की के हो ? पुराना नयाँ सब उस्तै
पाँच पाँच पल्ट प्रधानमन्त्री बनेको बिदेशमा उपचार खर्च जुटाउन पो हो ? यो देशमा केही हुने वाला छैन जसले सक्यो उसले देश लुट्न नै हो शिद्वान्त रहेछ र पो सबका सब भ्रष्टे भएका
आफ्नै जीवनका भोगाई,बितेका समय एक युगको कहानी जस्तो लाग्ने रहेछ । दुई दशक अघी अती प्रिय पात्रले के सम्झेर त्यो बेला संगै हेरेका फिल्मका गीत पठाउँछ अनी मन कुदेर त्यही पुगिदो रहेछ ।भबिष्यका मिठा सपना योजना सबै पुर्ण नै भएछ तर छुटेको चैं हामी रहेछ । जीन्दगी को रफ्तारसंगै सबै उडेर गएछ
जे गर्दैछिन सहि गर्दै छिन प्रकृती ! मान्छे,मान्छे जस्तो हुन छोडेपछी प्रकृती मान्छे को भविष्यवाणीमा सिमित हुन किन पर्थ्यो र ? उन्मत्त नाच प्रकृती ! धित मरुन्जेल ! केही त अन्त्य हुनै पर्छ केही त शरुवात हुनै पर्छ । युग त फेरिनै पर्छ । जो बाच्यो उ यस युगको साक्षीका भाग्यमानी भागिदार
नवरात्री/काल रात्री काल चलिरहेको बेला बोली वचन मा थोरै संयम राखे के थाह ठुलै प्रकोप बाट पो बच्न सकिन्छ की । राजनिती त पछी पनी गर्न मिल्ला नी प्राण रहे सम्म,भुगोल को अस्तित्व रहे सम्म
राक्षस भन्ने बित्तिकै मर्ने बेला सम्म पनी मरुन्जेल हाँस्ने,दाँत बाहिर,निस्केका,कपाल भुत्लाएर छोडेका जस्ता,भ्यात्त भुँडी फुलेका,हेर्दै फोहोरी नराम्रो देखिने ले देवी लाइ जिस्क्याउन गए पछी देवीलाई रिस उठ्न ठिकै हो त 🤣😂😁
शुरुवात जेन जी बाट भएपनी असली अन्त्य ठुला हरु सकिएरै,ठुलाहरुबाटै हुन पर्ने छ । आन्दोलन भ्रष्टाचार बिरुद्व हो । एउटै पार्टी,सरकार बिरुद्व मात्र थिएन । अहिले नै स्थाइ रुप लिन्छ चाँही कसैले नसोचौं
जेन्जी को आन्दोलन मा घुसपेठ भयो भन्ने जुन रडाको मच्चाई राखेका छौ नी ? सुन 3 दलका ! तोरी,तोर्पे,झोले तिमीहरु घुसेका छौ । आफ्नै पार्टीभित्र कै सन्तुष्ट असन्तुष्ट गुट,उपगुट सब मिलेर जेन्जी ध्वस्त बनाउदै छौ । परिणाम अझै आएकै छैन । कुर्लास्,देख्लास्