नेपाल आयल निगमका कर्मचारीको ओभरटाइम भत्तामा कटौती https://t.co/IqmRU6AVcm
अब विद्युत प्राधिकरण लगायत अन्य निकायमा समेत बिहान बेलुका हाजिर मात्र लगाई खाइने अतिरिक्त भत्ता तुरुन्त रोकियोस्। @hello_sarkar
नेपाल-भारत सीमा (सुस्ता र कालापानीको बिषय बेग्लै हो, यो बाहेक )स्थित दशगजा तथा थप जमिनमा नेपाल र भारत दुबैबाट क्रस होल्डिङ भएको छ । सुरक्षा निकाय र सरकारी निकायलाई यो तथ्य थाहा छ । अरू सरकारहरूले ढाॅटे, प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सार्वभौम संसदलाई सही कुरा बताए ।
छोटोमोटो स्पष्टीकरण र टुच्च सुझाव
म वास्तवमै आशावादी हुन चाहन्छु कि अहिलेको सरकारले सुझबुझ देखाओस् र राम्रो बाटोमा अघि बढोस् । सरकारमा केही योग्य र क्षमतावान मानिसहरू छन् । गल्ती स्वभाविक हुन् र सच्याउँदै अघि बढ्न सकिन्छ । सरकारका मानिसहरू पनि समाजका प्रतिनिधि नै हुन् -पूर्ण रूपमा असल, सबल हुनुपर्छ भनेर कसैले अपेक्षा गर्दैन ।
हामीले विगतका सरकार चलाउने मानिस र तिनका करतुतहरू पनि नदेखेको नझेलेको होइन । त्यसैले, अहिलेको सरकारसँगचाहिँ पूर्वाग्रही भइहाल्नुपर्छ भन्ने केही छैन ।
तर, सरकार चलाउने हर्ताकर्ताले बुझ्नुपर्यो कि सुरुआत राम्रो भइरहेको छैन । सुकुम्बासीप्रति राज्यले अमानवीय व्यवहार देखाउनु असाध्यै असंवेदनशील काम भयो । बालेनले संसद्मा एक शब्द नबोल्नु पनि गलत र कच्चा शैली हो । यदि कुनै समस्या छ र बोल्न डर लाग्छ भने त्यसका लागि विभिन्न उपाय हुनसक्छन् -जस्तै छोटो बोल्ने वा आफूलाई सार्वजनिक मञ्चमा सहज नलाग्ने कुरा स्पष्ट भनिदिए भयो ।
सरकारले विनम्रता देखाउने र आम जनताका वास्तविक सरोकारमा केन्द्रित हुने पहल गरे विरोधीको स्वर त्यसै सुकिहाल्छ नि ।
तर, म असाध्यै लोकप्रिय छु र एक्लैले देश चलाउन सक्छु भनेर चाहिँ नसोचेकै वेश । नेपालमा यस्ता लोकप्रिय धेरै थिए र ती अहिले रद्दिको टोकरीमा पुगेका छन् ।
कि कसो ?
किन कोही जन्मिँदै बिघौँ बिघामा मालिक बन्छ? कोही चैँ मर्दा पनि ढल बग्ने खोला किनाराको टहरोको सुकुम्बासी बनेर मर्छ?
लियो टल्सटयले भनेझैँ मान्छेलाई वास्तवमा बाँच्न कति जग्गा चाहिन्छ?
प्रश्न सबैको अन्तर्मनको लागि जरुरी छ — झन् बढि हाम्रा समाजशास्त्री, अर्थशास्त्री र नेताको लागि !