यो संसार ऐना होइन रहेछ,
जसले
तपाईंको भावनाको ठ्याक्कै प्रतिबिम्ब बनाएर फर्काओस्,
कहिलेकाहीँ
कसैलाई प्रेम र सम्मान दिंदा
प्रेम र सम्मान नै फर्किन्छ भन्ने छैन,
बदलामा
घृणा , अपमान र नमिठा वचन पनि त फर्किन सक्छन ।
मैले महसुस गरेको छु
म तिमीबाट कहिल्यै
अघि बढ्न सक्दैन,
न मलाई अघि
बढ्नु नै छ अब
मलाई हाम्रो मिठा नमिठा
जस्तो सुकै यादहरु छन्,
तिनीहरू सँगसँगै
जीवन बिताउनु छ,
तिमी बिना म
शान्त त रहौला तर
खुशी त खै हुन्न,
बाचा गर्छु तिमी
ढुक्क हौ
म तिमी बाहेक
कसैलाई अंगाल्ने छैन ! !
बानी लाग्नु र माया लाग्नु फरक कुरा रहेछ।
बानी लागेकाहरुले बानी छोड्न पनि सक्छन् ! !
तर
माया लगाएकाहरु निरन्तर बगिरहन्छन् ! !
त्यो समुन्द्रको गहिराई भेट्टाउन कर्णाली र सेती बगे जसरी !