I m neither a journalist nor a blogger,just casual guy.tweets are of & for myself #Biratnagar#Nepal#Australia,number 8 is my brand,पालेको झिड्गा #8pm#म8
अनलाइन मिडियामा यति धेरै नकारात्मक समाचारको बाढी मैले अहिलेसम्म देखेको थिइन। भ्रष्टाचार पहिले पनि थियो,अहिले पनि छ र रहनेछ। तर सरकारका राम्रा काम छोपेर केवल नकारात्मक खबर मात्र ल्याउने मिडिया हाउस र पत्रकारहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने नेपाल सरकारको ध्यानाकर्षण गराउछु। #म8
अझै पनि रास्वपालाई पार्टी नै भन्न नसक्ने र रवि तथा उनको टिमलाई स्वीकार गर्न नसक्ने ती शृस नेताहरु रास्वपाको महाधिवेशनमा नजाने अरे।हुनत रविको सामुन्ने आउदा मुख कसरी देखाउने भन्ने लाजले पनि होला।आफ्नो पार्टी सकाए पनि यिनीहरूको दादागिरी र दम्भ भने कहिल्यै नसकिने रैछ। #वाइयात#म8
अघिल्लो समय एमालेबाट अलग भएर राजनीतिक करियर सकिएको ठानिएकी झाक्री दिदी अहिले भने उही एमालेको आशीर्वादमा राष्ट्रिय सभामा छिन।उनको अहम र अनबिग्यताको चर्चा र सक्रियता निकै बढेको देखिन्छ।जति सरकारको आलोचना गरिन्छ,उति बढी चर्चामा पाइन्छ भन्ने राम्रोसग बुझेकी रहिछिन्,गुइठे जस्तै। #म8
१२ भाइ मिडिया लाई सलाम!
रास्वपा र यो सरकार विरुद्ध दिनरात बुलिङ्,घृणा र नेगेटिभ खबर मात्र फैलाउँदै गर्नु भएकोमा हार्दिक धन्यवाद! तपाईंहरू बिना यो देशको विकास कसरी हुन्छ र?यति राम्रो 'निष्पक्ष' पत्रकारिता देखेर आँखा रसाउँछ। शेम अन यु ब्रोज़,शेम अन यु! #१२भाइमिडिया#म8
रास्वपा र यो सरकारलाई असफल बनाउन केही पत्रुकार, झोले अभियान्ता, तथा मिडिया हाउसहरूले सुनियोजित षड्यन्त्र गरिरहेका छन। किनकि बिकाउ मिडिया हाउस, तिनका सम्बन्धित पक्षहरू र तिनिका अन्नदाताहरु(पार्टी,नेता) अहिले गर या मर को अवस्थामा पुगेका छन्।यिनिहरु अझै आक्रमक रुपामा आउदैछ्न। #म8
यी पत्रुकार र मिडिया हाउसहरूले निरन्तर रास्वपा तथा सरकारको नकारात्मक खबर मात्र खोज्ने र प्रसारण गर्ने गरेको देखिन्छ। सकारात्मक समाचारहरू भने कहिल्यै आउँदैनन् र देखाइँदैनन्। यो कति घिनलाग्दो र एकपक्षीय मिडिया ट्रायल हो! छ्या!! #वाइयात#म8
रास्वपालाई मेरो प्रश्न। एकपछि अर्को बहाना बनाउँदै, निरन्तर संसद बन्द गर्ने यो प्रतिपक्षी सहमतिको रणनीति हो। यिनीहरूले संसद सहज रूपमा चलाउन दिदैनन। अब स्पष्ट छ - या त पेलरै अघि बढ्नुपर्छ, या त पेलिएर बस्नुपर्छ। निर्णय तपाईंहरुकै। #म8@party_swatantra
रबि लामिछानेले आयोजना गरेको कार्यक्रममा देशका ठूला भनिने दलका नेताहरु किन आएनन्? सायद उनीहरूलाई योत सानो फुच्चे रबि,अस्ति हामिलेनै जेल कोचेको,मनपरी गाली गरेर उस्को जिन्दगी समाप्त गर्न खोजेको।त्यस्ता व्यक्तिको अगाडि मुख देखाउन कसरी आट गर्नु भन्ने सोचेरनै अनुपस्थित भएका होलान? #म8
रबि जी भारत भ्रमण हेर्दा त भारतले नेपालको प्रधानमन्त्री आएजस्तै ठूलो स्वागत गरेको देखियो। त्यो तस्बिर र भिडियो देखेर यहाँका झोले र पूर्वप्रधानमन्त्रीहरू कति छटपटिएका होलान? कति मनमनै जलिरहेका होलान?वाहाहरुको छ्टपटाहट र कोलाहलको अवाज सुन्न मन लागेको छ। #म8
रबि जिको स्वागत त पूर्व प्रधानमन्त्रीहरूको भन्दा बढी राजकीय भयो! यो हो देशले खोजेको नेतृत्व- सिर ठाडो पारेर भ्रमण गर्ने, हुतियारा बनेर होइन। इतिहासमै नेपालको सत्तापक्षका सभापतिलाई भारतकै सत्तापक्षको पार्टीले यति उच्च महत्व दिएको यो पहिलो पटक होला। भ्रमण सफल होस। सुभकामना। #म8
राजनीति एउटा चतुर खेल हो, जसलाई चलाख र बुद्धिमान् खेलाडीहरू खेल्छन्, अनि मूर्खहरू दिनभर यसैको चर्चा गरेर समय खेर फाल्छन्।
चुरो को कुरो यहि हो। बुझ्नेलाइ शृखण्ड....... #म8
नबोल्दै त यिनिहरु र यिनका झोले पत्रुकारहरुले नानाथरी भनेर बोल्ने र लेख्न भ्याएका थिए। अब त झन बोलिनै सके पछि त, के के गर्ने हुन। अब एक महिनाका लागि खुकारी पुग्यो यो देशमा। #म8
काम गर्ने मान्छेलाई बोल्न नदेउ भनेर कति भनेको, कसैले सुनेन अनि मानेन। लु अब त चित्त बुझ्यो होला नि।प्रधानमन्त्रीहरूलाई काम गर्न देउ बोल्न होइन भनेर थाकेको म। बोल्दा यस्तै हुन्छ।चिप्लिहाल्छ जिब्रो।:) #म8
शक्तिशाली मान्छेसँगको भिडन्तले आफूलाई पनि शक्तिशाली नै बनाउँछ भन्ने सोचाइले हर्काजी पूरै बालेन र रास्वपासङ भिडि रहेका छन।बालेनपछि अब म नै आउँछु भन्ने खालको वातावरण तयार पार्दै छन। यो सोच-सम्झेर गरिएको चतुर रणनीति हो, गुइठे जि को। #म8
अनि खोइ त श्रमगर्नका लागि वातावरण? बिदेसबाट QR गर्नेलाइ सिधै पार्टीका खाता पैसा आउने प्रक्रिया सरल गर्नु पर्ने तर यो बजेटले गरेन भदै उफृने होला: गुइठे जि।:) #Budget2083#म8
बजेट भाषण गरे पनि विरोध, नगरे पनि विरोध...प्रतिपक्ष र पत्रुकारहरूले त राम्रो कुरा कहिल्यै भन्दैनन्।उनीहरू त सुरुदेखि नै विरोध गर्न र लेख्न बसेका छन्, अब केही समयमै विरोधको बाढी आउन थाल्छ।अनि अब केही दिन बजेटको बिरोध अनि हो-हल्ला गर्दै बित्छ।हेर्दै जानुस। #म8
यो किशोर र उसको गिरोहको दादागिरीले सीमा नै नाघेको छ।अहिले नै यी साढेहरूलाई कडाइले ठिक पारौ,नत्र कहिल्यै नियन्त्रण गर्न सकिँदैन।यिनले कयौं निर्दोषको जिन्दगी बर्बाद र ज्यान समेत लिएका छन्।भ्रष्टको आडमा फुलेको यिनको साम्राज्य जरोसहित उखेलेर फाल्नुपर्छ।ठ्याक्कै मौका यहि हो। #म8
अरे! देश हामीले चलाउन पाउनुपर्छ नत्र सदन बन्द गर्छु भन्दै जबरजस्ती सदन अबरुद्ध गर्ने पुराना पार्टीको योजनाबद्ध दादागिरी कहिलेसम्म?देश बनाएनन्, बनाउन पनि दिएनन्! पेलिने त हामी जनता नै हो। यो गुण्डागर्दी कहिलेसम्म? वाक्क भइसक्यो, रिसले चुर भएको अवस्था। #म8
संसद,समामुख र जनताको आवाज नमान्ने तर आफूले भनेको चाहिँ सबैले मान्नैपर्ने। अरूभन्दा हामी फरक हौं भन्दै सरकारको विरोध गर्दै हिँड्ने, बिरोध गरेपछि बर्ष भरिनै मिडियामा छाइरहने।म र मेरो पार्टी सबै भन्दा ठुलो क्रान्तिकारी भन्दै हिड्ने तर यो त stunt र मुर्खता मात्र हो,गुइठे दाइ! #म8