सुराले उन्मत्त भई अराजक हुदैँछ मन यो,
सुगन्धले झन् बिगार गर्छ नजिक नआऊ !
पहाड चढ्छन् तराई झर्छन् नजर अनाहक,
शिखरको पहिरो दोभान झर्छ नजिक नआऊ !
न रोक्न सक्छौ न थाम्न सक्छौ यो प्यासलाई,
अधरले संयमको बाँध तर्छ नजिक नआऊ !
@bipana02 हजार बाजी जितेर आएँ प्रहार तिम्रो नकार्न सक्थेँ !
झुकेर आयौ र जित्न पाएँ नजर जुधाए म हार्न सक्थेँ !
लुकेर बस्छौ यो मन जलाई, मुहार तिम्रो म हेर्न पाऊँ
छ प्रेम पर्दा तिमी म बिचमा दिए इजाज़त उघार्न सक्थें !
परेवाले ल्याएका ताजा सन्देशहरू
परेवाका खुट्टामै बासी हुन्छन्
जस्तो बेलुकी पकाएको भात
बिहान उठ्दा बासी भैसक्छ
खहरेका पत्थरहरू नभिजेको बर्षौं भयो
पत्थरको घाँटि सुकेर आवाज बसिसकेको छ
त्यसैले त पत्थरहरू बोलाउँदा बोल्दैनन् ..........
म आफु 'म' नरहेको दिन
मैले आफुलाई 'म' नदेखेको दिन
मैले आफ्नो लागि केहि लेखेको दिन
अन्त्य हुनेछ यौटा नियमित श्रृङ्खलाको
अनि रोपिदिनु यौटा पिपल मेरो नाममा
म हावा थिएँ, म फेरि हावा नै बनेर आउनेछु ।
थिएँ के म, अहिले म कस्तो भएछु !
नरम बन्छु भन्दा अचानो भएछु !
हरेक मन उचालेर अग्लो बनाएँ !
र पो छोटिई आफु होचो भएछु !
चपाएर गुलियो चुसे अन्त्यसम्म !
थुकेसी पो थाहा भो म खल्लो भएछु !
मन भैदियो भुरो, कहिल्यै सम्झाएन !
जीवन छ साँघुरो कहिल्यै सम्झाएन!
भँवराले फूलमा बस्दा घर बिर्सियो !
काँडाले यो कुरो कहिल्यै सम्झाएन !
बस् मैनको वकालत गर्नेले जित्यो !
धागो थियो चुरो कहिल्यै सम्झाएन !