नेपाल प्रहरीलाई फोन ट्यापिङको अधिकार दिए त्यो सरकार जनआस्थाको हजुरबाउ हुनेछ; प्रतिसोध, बार्गेनिङ, टर्चर, ब्ल्याकमेलिङ र सनकका भरमा प्रश्न गर्ने नागरिकको मिडिया ट्रायल गरेर जीन्दगी सक्दिने अस्त्र बन्नेछ। यो हुनु हुन्न। हाम्रो पुलिस सरकारसँग नतमस्तक छ, सबैलाई थाहाै छ।😡
नेपाल औषधी लिमिटेडको हिसाब:
आर्थिक वर्ष: ०८२/८३
जम्मा बिक्री: ८करोड
तलब-भत्ता: ४करोड
संचालन खर्च: ३करोड
कच्चा पदार्थ खरिद: ४करोड
अनि नाफा/घाटा के भो त?
३करोड नाफा रे😂😂😂😂😜😡
आजको बजारमूल्य:
१. याक चिज प्रतिकिलो
DDC: रू.२४००
ND: रू.१८५०
२. गाई चिज प्रतिकिलो
DDC: रू. १६२०
Sujal: रू.१३१०
ND: रू.१४५०
अनि यति गर्दा पनि राज्यले घाटामा उद्योग चलाएकामा हाइहाइ छ। चलाउने चैँ किन हो? सस्तोमा उपलब्ध गराउन कि के गर्न हँ, सामाजिक लोकतन्त्र मान्ने दलको सरकार?😕
आचार र विचारबिहिन हुनाले उताका गान्धीपुत्रहरू सोमरसप्रिय भएर बदनामीमै बिलाए। यताका वीपीपुत्रहरूको इतिहास फरक होला कि उस्तै होला, प्रकाश दाइ देखेरै शंका छ। शशांक दाइ, आफ्नो अभिष्टका लागि वीपीलाई थप कलङ्कित नगर्न अनुरोध! जनता वीपी रगतमा हैन, मगजमा चाहन्छन्!🙏
@basantabasnet पत्नीलाई सोधेको छैन पत्नीले उनलाई चुनाव ताका सोधे जसरी अहिले सस्मितलाई प्रश्न सोधिएको हो, शैलीमात्र टिपिएको हो श्रीमतिलाई बिबादमा टिपिएको होइन।😊
खुरुक्क सदस्यता अद्यावधिक गरी महाधिवेशनबाट नेतृत्व लिने आँट नभएर गुटको नाममा भागशान्ति अंश माग गर्दै नमानेमा दल खोल्ने धम्की दिने दाइहरूलाई भोलि सभागृहबाट भाइहरूले नयाँ दल गठनको शुभकामना दिँदै ६४सालमा गिरिजाले गरेको गल्ती अब नदोहोर्याउने प्रणसहित यो ल्याङल्याङ्को अन्त्य गरून्!🙏
चार-पाँचवर्षअघि संखुवासभामा ६जनाको हत्या गरेका लोकबहादुरले नै हत्यारा पत्ता नलागेकामा स्थानीयले गरेको विरोध जुलुसमा सबैभन्दा अगाडि हिंड्दै 'हत्यारालाई फाँसी दे' भन्ने नारा लगाएका थिए।😂😂😜
[यो समाचार पढेर झल्याँस्स सम्झेको है, गाली नगर्नूस्, यीबिच कुनै संबन्ध छ भनेकै छैन नि।]
'जानी, हम डुबेंगे तो तुम को भी लेकर डुबेंगे' भन्दै हिंड्ने हाम्रा सकुनी मामा आफु त सकिए, सकिए; 'ब्राण्ड'को नाममा फुर्क्याउँदै सातदाइहरूको पनि राजनीतिक अस्तित्व नै सक्दिनेभछन्।😜😂
समाचार: मन्त्री र सचिवले बग्गीखाना गएर आफ्ना गाडीका सिसाको कालो प्लास्टिक हटाउनु भयो रे।
म: यो आजदेखि हैन, पहिलादेखि नै अवैध थियो, किन राखेको? अनि त्यो हटाउने काम आफ्नै हो कि ट्राफिक पुलिसको? कि मातहतको अफिस त हो नि भनेर फिरिमा जुत्ता पालिस गर्नदेखि कपाल काट्न पनि उतै जाने हो?
😕
कहिलेकाहीँ लहडका ठेसले ठिस देखिए पनि समग्रमा पहिलाभन्दा बिल्कुलै फरक सयदिन देखाउन सक्षम बालेन सरकारलाई बधाई!💐
र, नियुक्ति मेरिटोक्रेसीको जलप नलगाई स्वविवेकले गरे बेस्, तर सर्त: हरेकलाई कार्यसम्पादन करार गराउने र सोमा अनुतिर्ण भए १वर्षमै नालायक भन्दै बर्खास्त!
यसो गरे कसो होला?🙏
समाचार: मन्त्री र सचिवले बग्गीखाना गएर आफ्ना गाडीका सिसाको कालो प्लास्टिक हटाउनु भयो रे।
म: यो आजदेखि हैन, पहिलादेखि नै अवैध थियो, किन राखेको? अनि त्यो हटाउने काम आफ्नै हो कि ट्राफिक पुलिसको? कि मातहतको अफिस त हो नि भनेर फिरिमा जुत्ता पालिस गर्नदेखि कपाल काट्न पनि उतै जाने हो?
😕
एउटा 'नर्मल नेपाली'ले स्तरीय होटलमा अमलेटमा माछाको काँडा भेटे त्यहाँको व्यवस्थापक र हेड सेफलाई बोलाएर त्यो देखाउँथ्यो र 'सरी'बाट सन्तुष्ट हुन्थ्यो, मजस्ता चैँ 'अमलेट बनाउँदा कसरी काँडा मिसिन सम्भव छ फेरि गरेर देखाएपछि बल्ल मान्छु' भन्थे तर ऊ गरेर ऊ गर्नु चैँ नर्मल व्यवहार हैन।😜